जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
भक्तपुर, १५ चैत । नेपाल मजदुर किसान पार्टी ४ वडा लाकोलाछँे प्रारम्भिक समितिको आयोजनामा फागुन १६ गतेदेखि २० गतेसम्म सम्पन्न नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न दाफा, भजन, बाजागाजा समूह, सांस्कृतिक समूह तथा आर्थिक, भौतिक एवं नैतिक रूपमा सहयोग गर्ने जनतामा धन्यवाद ज्ञापन तथा समीक्षा कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “पार्टीको महाधिवेशन एउटा बृहत् राजनीतिक कक्षा हो । नेपाल मजदुर किसान पार्टीको दर्शन वैज्ञानिक समाजवाद र वर्ग आधार मजदुर वर्ग हो । महाधिवेशनमा मजदुर, किसान र कामदारवर्गलाई शिक्षित, सचेत, सङ्गठित गर्ने कक्षा हो । नेपाल मजदुर किसान पार्टीको राजनीति देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने हो ।”
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले नयाँ पुस्तालाई देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने शिक्षा प्रदान गराउन भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूलाई ख्वप कलेजहरू सञ्चालन गराएको हो । ख्वप कलेजहरूले देशभरिका विद्यार्थीहरूलाई अध्ययनको अवसर प्रदान गरेका छन् ।”
उहाँले भन्नुभयो, “छोरीले शिक्षा पाए समाज सुसंस्कृत बनाउन थप मद्दत पुग्नेछ । ख्वप विश्वविद्यालय विधेयक पारित भए भक्तपुर नगरपालिकाले देश र विदेशका विद्यार्थीहरूलाई अध्यापन र अनुसन्धान गर्ने अवसर प्रदान गर्नेछ ।”
उहाँले भन्नुभयो, “महाधिवेशन सफल पार्न सहयोग गरेका सबैलाई नेमकिपाले धन्यवाद दिएको छ ।”
नेपाल मजदुर किसान पार्टी ४ वडा लाकोलाछेँ प्रारम्भिक समितिका सदस्य न्हुछेराम भेलेको सभापतित्वमा भएको कार्यक्रममा उहाँले नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सभ्य र भव्य भएको बताउनुभयो ।
उक्त कार्यक्रममा आयोजक समितिका अध्यक्ष शिवराम किजुले २०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी स्थापना भएको बताउनुभयो । कार्यक्रममा विजय लोहलाले भेलाको आवश्यकताबारे चर्चा गर्नुभयो ।
Leave a Reply