लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, २० चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा ६८ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुधबार सम्पन्न प्रवचन कार्यक्रममा उहाँले बचत तथा ऋण सहकारी संस्थाहरूको प्रमुख समस्या अनुत्पादनशील क्षेत्रमा लगानी गर्नु हो भन्नुभयो ।
उहाँले समुदायमा आधारित सहकारी संस्थाले पैसा लेनदेनमा मात्र सीमित नरही कृषि, स्वास्थ्य, ज्येष्ठ नागरिक लक्षित आदर निकेतन सञ्चालन, गरिबलाई छात्रवृत्ति, तालिमलगायतका सामूहिक हितका लागि काम गर्नुपर्ने बताउनुभयो ।
शासक दलका व्यक्तिहरूले सहकारीको रकम अपचलन गरी तिनीहरूलाई नै प्रश्रय दिइरहेको हुँदा सर्वसाधारणले आफूले बचत गरेको रूपैयाँ जोखिममा परेको बताउँदै अध्यक्ष बिजुक्छेँले चीनमा सहकारीले व्यापक जनतालाई सचेत र सङ्गठित पार्ने काम गर्दै आएकोले सहकारी चीनको लागि आर्थिक र सामाजिक विकासको क्रान्ति ल्याउने माध्यम बनेको चर्चा गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्थाले जस्तै काम गर्न नहुने स्पष्ट पार्दै समुदायको हित र सिङ्गो समाज उत्थानमा सहकारीको अहम् भूमिका हुनुपर्ने बताउनुभयो ।
उहाँले भक्तपुर नपाले जनताको बचत रकम सुरक्षित गर्न नगरभित्र कार्यक्षेत्र नभएका सहकारीहरूलाई पत्रपत्रिका र अनलाइनमार्पmत सचेत गराएको बताउँदै अधिकांश सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुभन्दा पनि घरजग्गामा लगानी गरेको अनुगमनको क्रममा पाइएको चर्चा गर्नुभयो ।
भक्तपुर नपाले सङ्कटको समयमा सहकारी संस्थाहरूसँग समन्वय गरी काम गर्दै आएको उल्लेख गर्दै उहाँले सहकारीले बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी गतिविधिहरू सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले सहकारी संस्थाले जनताको अभिभावकत्व ग्रहण गरी गरिब जनताको साथीको रूपमा काम गर्नुपर्ने बताउँदै सहकारी संस्था स्थापनाको ६८ वर्ष पार गरिसक्दा पनि सहकारीहरूमा विकृति यथावत रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा भनपा २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले सहकारी स्थापनाको इतिहासबारे प्रस्ट पार्दै वित्तीय तथा आर्थिक अनुशासन, सहकारी सिद्धान्त र मूल्य मान्यतामा सञ्चालित सहकारीहरूमा कुनै समस्या नहुने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहकारीमा देखिएका चुनौती र समस्याहरूबारे प्रस्ट पार्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिका हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।
Leave a Reply