भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
हरेक राजनीतिक दलको आ–आफ्नो सिद्धान्त र विचार हुन्छ । कुनै सिद्धान्त र विचारबाट निर्देशित नभएको दल या समूहले दिशा निर्देश गर्न सक्दैन; जनतालाई निश्चित मार्ग निर्देश गर्न सक्दैन । सिद्धान्त र विचारबाट निर्देशित नभएको दलले आफ्ना मातहतका नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्न सक्दैन । अनुशासनमा नबस्ने नेता तथा कार्यकर्ताहरूको बोली ठेगान हुँदैन; उनीहरू उत्ताउला, उच्छृङ्खल र अराजक हुन्छन् । उनीहरू इज्जत र प्रतिष्ठाको ख्याल गर्दैनन् । शान्तिपूर्ण आन्दोलनमा जथाभावी नारा लगाउँछन्; तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न हुन्छन् । एकातिर दल या समूहकै कति कार्यकर्ताहरू उच्छृङ्खल हुन्छन् भने अर्कोतिर त्यस्तो दलको आन्दोलनमा अन्य अराजक मानिसहरू पसेर जुलुस, सभा आदि बिथोल्छन्† उत्पात या अशान्ति मच्चाउँछन् । जुलुस र सभा बिथोल्न सरकारले पनि कति मान्छे घुसपैठ गरेको हुन्छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको सभा र जुलुसमा अराजक मानिसहरू घुसपैठ भएको विश्लेषण राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन् ।
तीनकुनेमा भएको आन्दोलन कसको नेतृत्वमा भएको हो ? त्यो आन्दोलनमा राजावादीहरूको समर्थन भएको बताइएको छ । नागरिक बचाउ अभियानको पनि कुरो उठेको छ । विभिन्न राप्रपाहरूको पनि समर्थन र सहभागिता रहेको बुझिएको छ । तर, त्यो दिनको जुलुस र सभा कसको नेतृत्वमा भएको हो ? प्रस्ट छैन । राजापक्षधर दलहरूको समूह र पक्षको समर्थन रहेको त्यो जुलुसमा नारा पनि निश्चित छैन । निश्चित दल र समूहले आयोजना गरेको जुलुस र सभामा उत्तेजित र मनपरी नारा लगाउन मिल्दैनथ्यो । कसैले नारा लगाए रोक्नुपथ्र्यो; सुधार्नुपथ्र्यो । तर, त्यो भएको देखिँदैन ।
जुलुस अनियन्त्रित हुन नदिन पाइला चाल्नुपथ्र्यो । जुलुस अनियन्त्रित भएपछि कसले कहाँ के गर्छ ? थाहा हुँदैन । आयोजकले जुलुसमा सहभागी हुन मात्र होइन आन्दोलनको उद्देश्यबारे प्रदर्शनकारीलाई बताउनुपर्छ । जुलुस र सभामा कसैले बिथोल्न खोज्यो भने नेतृत्व पक्षले नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ । अनियन्त्रित व्यक्तिलाई उचाल्ने होइन; आफ्नो नियन्त्रणमा ल्याउनुपर्छ । जुलुस र सभा बिथोल्ने प्रयास कहीँ कसैबाट भएमा सुरक्षाकर्मीको पनि त्यतिकै निगरानी हुनुपर्छ । सुरक्षाकर्मीको काम भिडलाई उत्तेजित पार्ने होइन, उत्तेजित पार्ने खालको काम गर्ने होइन । शान्तिपूर्ण जुलुस र सभा भइरहेको बेला अश्रुग्याँस छोड्ने होइन; लाठी प्रहार गर्ने होइन; गोली हान्ने होइन । शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास गरेपछि सामान्यतः भिड उत्तेजित हुन्छ । सरकारले सरक्षाकर्मी परिचालन गर्ने नाउँमा अनावश्यक रूपमा अश्रुग्याँस छोड्नु, पानीको फोहरा छोड्नु, लाठी प्रहार गर्नु र गोली हान्ने काम गर्नु गृह प्रशासनको कमजोरी हो । नेतृत्व पक्षको कमजोरी भयो भने प्रहरी प्रशासनको मात्र होइन राजनीतिक दलको पनि बदनाम हुन्छ ।
आन्दोलनको क्रममा दुई जनाको ज्यान जाने, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाउने, प्रज्ज्वलनशील इन्धनको डिपो रहेको स्थानमा आगो फ्याक्ने, कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा आक्रमण गर्ने, भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने, पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्ने, निजी घर, गाडी तथा सार्वजनिक सम्पत्ति जलाउने र दमकलसमेत तोडफोड गर्ने सबै आपराधिक काम हुन्; अराजक काम हुन् । आन्दोलनकारी नेतृत्वले सहभागी प्रदर्शनकारीहरूलाई प्रशिक्षित गरेको भए त्यस्तो घटना हुँदैनथ्यो; घटना भइरहेकै बेला नेतृत्व पक्षले रोक्न सक्थ्यो । यस्ता अराजक गतिविधि रोक्न, नियन्त्रण गर्न न आन्दोलन गर्ने नेतृत्व पक्षले चासो राख्यो न त सरकारले नै वास्ता ग¥यो । परिणामतः धनजनको ठुलो क्षति भयो । आखिर देशकै सम्पत्ति नोक्सान भयो । यसको जिम्मेवार को ? के यसको समीक्षा गर्नु पर्दैन ?
शान्तिपूर्ण आन्दोलन कसरी बिथोलियो या आतङ्कित बन्न पुग्यो ? त्यसको एक एक लेखाजोखा गर्नुपर्छ । त्यस्तै घटना अरु दलले गर्दा पनि घट्न सक्छ । घुसपैठ जहाँतहीँ हुन सक्छ । घुसपैठकै कारण कति आन्दोलन बिथोलिएर या आन्दोलनले उग्ररुप लिएर हत्या गरिएका, जीवनभर कैद भोगेकाको जीवन कथा यो संसारमा नभएको होइन । घटना घट्नु भन्दा अघि नै हरेक कुरामा ख्याल गर्नुपर्छ; समयमा ध्यान नपु¥याउँदा धेरै नोक्सान हुन्छ । जनधनको क्षति भएपछि एकले अर्कोलाई दोष लगाएर आफू बच्ने कुरा फलाकेर समस्या समाधान हुने होइन । आ–आफ्नो गल्ती या कमजोरी छोपेर फेरि समस्या निम्त्याउने काम कुनै पनि पक्षले गर्न उपयुक्त होइन । अराजक गतिविधि जसको पक्षबाट भए पनि त्यो सही होइन । अराजक गतिविधिलाई कसैले पनि प्रश्रय गर्ने होइन ।
लुटपाट, अराजक गतिविधि भ्रष्टाचार र अनियमितता सिंहदरबाटदेखि स्थानीय तहसम्म भइरहेको यो देशमा चैत १५ गतेको जस्तो तोडफोड, आगजनी र लुटपाटका घटनाहरू दोहोरिँदै गएमा भोलि देशको स्थिति कहाँ पुग्ला ? त्यस्तो स्थितिमा कसले कसलाई नियन्त्रण गर्ला ? चिन्ताको विषय छ । कुनै पक्ष या समूहले राजतन्त्रको पुनः स्थापना मागको नाउँमा तोडफोड, आगजनी र लुटपाट गर्ने होइन । राजतन्त्रको पुनः स्थापना माग ग¥यो भनेर प्रहरी प्रशासनले गोली हानेर, अश्रुग्याँस छोडेर, लाठी प्रहार गरेर आन्दोलन बिथोल्ने होइन । हरेक राजनीतिक दल देश र जनताप्रति जवाफदेही र समर्पित हुनुपर्छ भनी त्यसै भनिएको होइन । राजनीतिक दलहरू सिद्धान्त र विचारबाट निर्देशित हुनुपर्छ त्यसै भनिएको होइन । प्रहरी प्रशासन संयमित हुनुपर्छ त्यसै भनिएको होइन । यसबारे सबैले पाठ सिक्नुपर्छ । पाठ सिकेर अघि बढ्नुपर्छ ।
Leave a Reply