लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
भक्तपुर, २० चैत । ‘मर्यादित सहकारी : समुन्नत समाज’ नाराका साथ ६८ औँं राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुर नगर सहकारी समन्वय उपसमिति र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. को संयुक्त आयोजनामा बुधबार प्रभातफेरी कार्यक्रम भयो ।
भक्तपुरको टौमढीमा आयोजित सहकारी दिवस कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणसँगै सहकारी क्षेत्रमा पनि व्यवस्थित ढङ्गले अगाडि बढ्ने प्रयास गरिरहेको बताउनुभयो ।
सहकारी संस्थाको सिद्धान्त र मूल्य मान्यतालाई हात्तीको देखाउने दाँत बनाउन नहुने उल्लेख गर्दै उहाँले देश युवाविहीन अवस्थामा पुग्नुमा शासक दल मुख्य रूपमा दोषी रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थामा सङ्कट नआओस् भन्ने उद्देश्यले नगरपालिकाले सहकारी अनुगमन समितिलाई सक्रिय बनाइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर भ्रष्टाचारविरोधी आन्दोलन भएको ठाउँ भएको हुँदा सहकारी सञ्चालकहरूले भक्तपुरको इतिहासलाई भुल्न नहुने विचार प्रमुख प्रजापतिले राख्नुभयो ।
उहाँले सहकारी संस्थाहरू आर्थिक लेनदेनमा मात्रै सीमित हुन नहुने धारणा राख्दै सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने र संस्थालाई आत्मनिर्भर ढङ्गले अगाडि बढाउनुपर्नेतर्फ जोड दिनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी संस्थाहरू मर्यादित र अनुशासित बनाउन चुनौतीपूर्ण हुँदै गएको बताउँदै राष्ट्र बैङ्कले सहकारी संस्थाहरूलाई नियमन गर्ने विषय आपत्तिजनक रहेको बताउनुभयो ।
समुदायमा आधारित सहकारी संस्थालाई दुःख दिन पाउँदैन भन्ने आवाज जिल्ला सङ्घले उठाउँदै आएको बताउँदै उहाँले बदमास सहकारीलाई घरघरानाबाट बचत फिर्ता गराउनुपर्ने माग सङ्घले उठाउँदै आएको प्रस्ट पार्नुभयो ।
सङ्घका सचिव तथा नगर समन्वय उपसमितिका संयोजक जगन्नाथ प्रजापतिले सहकारी दिवस मनाउनुको उद्देश्यमाथि प्रस्ट पार्दै भक्तपुरका चारवटै नगरपालिकामा आज एकैसाथ सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको बताउनुभयो । सहकारी संस्थामा देखिएको सङ्कट निराकरणको लागि जिल्ला बचतले निरन्तर आवाज उठाउँदै आएको बताउँदै उहाँले भक्तपुरका समुदायमा आधारित सहकारी संस्थाहरूले समाज उत्थानको लागि सामाजिक गतिविधि अगाडि बढाउँदै आएको बताउनुभयो ।
उक्त कार्यक्रम जिल्ला सहकारी सङ्घ लि. भक्तपुर, जिल्ला कृषि सहकारी सङ्घ लि. र जिल्ला बहुउद्देश्यी सहकारी सङ्घ लि. भक्तपुरको समन्वयमा आयोजना गरिएको हो ।
प्रभातफेरी कार्यक्रम भनपा वडा नं. १ दूधपाटी र कमलविनायक गरी दुई
ठाउँबाट बाजागाजा र ¥यालीसहित भक्तपुरको टौमढीमा पुगी सभामा परिणत भएको थियो । उक्त कार्यक्रममा ६७ वटा सहकारी संस्थाहरूको उत्साहजनक सहभागिता थियो । सहकारी दिवसको अवसरमै भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. उत्कृष्ट सहकारी घोषणा भएको छ ।
कार्यक्रममा लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन जतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply