भर्खरै :

डुङ्गेश्वरमा विद्यार्थी भेला

डुङ्गेश्वरमा विद्यार्थी भेला

दैलेख, २० चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ समर्थित विद्यार्थीहरूको भेला बुधबार डुङ्गेश्वर गाउँपालिकामा सम्पन्न भयो ।
भेलामा नेमकिपा दैलेखका अध्यक्ष जगत ओलीले विद्यार्थीहरू राजनीतिक रूपमा सचेत हुनुपर्छ† हामीले हाम्रो वर्ग चिनेर वर्गीय जनताको हितको निम्ति सङ्घर्ष गर्नुपर्छ† देश र जनताको निःस्वार्थ रूपमा सेवा गर्नु नै सच्चा राजनीति हो भन्नुभयो ।
भेलामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले विद्यार्थी र राजनीतिबारे प्रशिक्षण दिँदै विद्यार्थीहरूमा राजनीतिक संस्कार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीले पढ्नेबाहेक आफ्ना हकअधिकार सुनिश्चित गर्न पनि अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले शोषण र अन्यायविरुद्ध निरन्तर आवाज उठाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य तारा न्यौपानेले सत्तामा पुगेका राजनीतिक दलको काम कारबाही र विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने तिनका विद्यार्थी सङ्गठनको गतिविधिले विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा रहेको विचार व्यक्त गर्नुभयो । यो वितृष्णाबाट टाढा राख्न र शासक दलका विद्यार्थी सङ्गठनलाई उदाङ्ग्याउन नेक्राविसङ्घका विद्यार्थीहरूमाझ पुगिरहेको उहाँले बताउनुभयो ।
भेलाले बुद्ध रेग्मीको अध्यक्षतामा ७ सदस्यीय नेक्राविसङ्घ डुङ्गेश्वर गाउँपालिका समिति गठन ग¥यो । भेलामा नेक्राविसङ्घ पूर्व केन्द्रीय सदस्य खेमराज दाहालले पनि आफ्ना अनुभवहरू सुनाउनुभएको थियो । सहभागी विद्यार्थीले पनि विद्यार्थीका विविध समस्याबारे आ–आफ्नो विचार राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *