ख्वप इन्जिनियरिङमा अन्तर–विभाग फुटसल सुरु
- चैत्र १४, २०८२
भक्तपुर, २१ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा चैत २३, २४ र २५ गतेसम्म हुने अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताबारे बिहीबार पत्रकार भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्रमा उल्लेख प्रतिबद्धताअनुसार एक एक गरी काम पूरा गर्दै आएको उल्लेख गर्दै भक्तपुर नपाले प्रत्येक वर्ष वर्ष अन्तर–नगर प्रतियोगिता, विद्यालयस्तरीय खेलकुद प्रतियोगिता, खेलाडीको मनोबल बढाउन खेलाडी सम्मानलगायतका गतिविधिलाई जोड दिँदै आएको बताउनुभयो ।
अन्तर–नगर जिम्नास्टिक प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सबै सरोकारवालाहरूको साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
विद्यालयका विद्यार्थी र युवाहरूलाई शारीरिक रूपमा स्वस्थ र तन्दुरुष्त बनाउन कुनै न कुनै खेलमा सहभागी बनाउनुपर्छ भन्ने मान्यताअनुरूप भक्तपुर नगरपालिकाले ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आएको स्पष्ट पार्दै नगरपालिकाको आयोजनामा हुने प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहँदै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
खेलकुदलाई मानव जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्ने लक्ष्य लिएको औँल्याउँदै उहाँले भक्तपुर नपाले आफ्नो क्षमताअनुसारको खेलकुद पूर्वाधार विकास गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
युवाहरूलाई नेपालमै योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुनुपर्नेमा जोड दिँदै उहाँले युवाहरूको बढ्दो विदेश पलायनले देश विकासको आधार झन्झन् कमजोर हँुदै गएको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताबारे प्रेस विज्ञप्ति वाचन गर्दै प्रतियोगितामा प्रथम हुने टीमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार, तेस्रोलाई रु. २० हजार पुरस्कारको व्यवस्था गरिएको र सहभागी खेलाडी र अफिसियलहरूलाई खाने र बस्ने व्यवस्था नगरपालिकाले गरेको अवगत गराउनुभयो ।
उहाँले निर्वाचनको बेला जनताबिच गरेको प्रतिबद्धताअनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष अन्तर–नगर खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताउँदै पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स, चौथो वर्ष बुद्धिचाल, पाँचांैँ वर्ष खो खो र गत वर्ष महिला कबड्डी खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले अन्तर–नगर जिम्नास्टिक प्रतियोगिताको लागि १५१ सदस्यीय आयोजक मूल समिति र १३ वटा विषयगत उपसमिति गठन भएको जानकारी गराउँदै भक्तपुर नगरपालिकाले भलिबल, फूटबल, कराँते, बक्सिङ, टेबुलटेनिस, जिम्नास्टिकलगायत ६ वटा खेलकुदको नियमित प्रशिक्षण चलाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमबाट प्रतिनिधित्व गरेका पत्रकारहरूले प्रतियोगिताबारे आ–आफ्ना जिज्ञासा व्यक्त गरेका थिए ।
अन्तर नगर जिम्नास्टिक प्रतियोगितामा हालसम्म काठमाडांँै महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, हेटौडा उपमहानगरपालिका, भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, मध्यपुर थिमि नगरपालिका, बाग्लुङ नगरपालिका, रामग्राम नगरपालिका, बनेपा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, वालिङग नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानीलकण्ठ नगरपालिका र नगार्जुन नगरपालिका गरी १८ वटा महानगरपालिका तथा नगरपालिकाहरू प्रतियोगितामा भाग लिन नाम दर्ता गराइसकेका छन् ।
Leave a Reply