अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
दैलेख, २२ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको चामुण्डा विन्द्रासैनीमा विद्यार्थीहरूको नगरस्तरीय भेला भयो । चामुण्डा विन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा भएको भेलाले विभिन्न विद्यालय एकाइ समिति गठन गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले राजनीति भनेको जनताको सेवा गर्ने माध्यम भएकोले विद्यार्थीहरू राजनीतिकरूपमा सचेत नभए दुःख पाइने बताउनुभयो । उहाँले अधिकार प्राप्तिको लागि सबैले जनतालाई बिउँझाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
पार्टीका केन्द्रीय वैकल्पिक सदस्य विनोद विश्वकर्माले विद्यार्थी किताबी किरो मात्रै नभएर समाज परिवर्तनको हिरो हुनुपर्ने बताउँदै सामाजिक र राजनीतिक कुसंस्कारविरुद्ध आवाज उठाउन सक्नुपर्ने बताउनुभयो । उहाँले बजारमा निस्केका समाज भाड्ने खालको गीत–सङ्गीतको पछि नलाग्न आग्रह गर्दै साँच्चै जन साहित्य के हो भन्ने कुरा बुझ्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले विद्यार्थीहरू सबैभन्दा पहिले आफ्ना मौलिक हक अधिकारहरूबारे जानकार हुनुपर्ने उल्लेख गर्दै स्थानीय सरकारले गरेका काम कारबाहीबारे सचेत हुनुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सदस्य गणेश खड्काले विद्यार्थीहरूले जुन विषय पढे पनि दक्ष भएर पढ्नुपर्ने चर्चा गर्दै नेपालमा समाजवादी गणतन्त्रले मात्रै कामदार जनताको हित गर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका नगर अध्यक्ष दीपक शाहीले विद्यार्थी सचेत नभएसम्म देशको राजनीति राम्रो नहुने तर्क राख्दै भियतनाम क्रान्तिमा बालबालिकाले खेलेको भूमिका स्मरण गर्दै सानैबाट सबै कुरा सिक्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा मनबहादुर विक, जयकला विश्वकर्मा, शिवराज जैशी, कृष्ण ढकाल, पूजा ढकाल र छत्र हमाललगायतले बोल्नुभएको थियो ।
भेलाले पूजा ढकालको अध्यक्षतामा ७ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ विन्द्रासैनी मावि एकाइ समिति र मनिशा शाहीको अध्यक्षतामा ९ सदस्यीय जनता मावि मष्टामाणु गठन गरेको छ ।
त्यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको संयुक्त भेला भएको छ ।
नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य विनोद विश्वकर्मा र नेपाल मजदुर किसान पार्टी जिल्ला समिति दैलेखका उपाध्यक्ष लक्ष्मीकुमार विकको उपस्थितिमा बुधबार सम्पन्न भेलाले दुल्लु नगरपालिका र भैरवी गाउँपालिका ७ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ गठन गरेको छ ।
कल्पनाकुमारी आचार्यको अध्यक्षतामा गठित समितिमा सचिव शारदाकुमारी आचार्य रहनुभएको छ भने सदस्यहरूमा कोपिलाकुमारी विक, चन्दन विक, सरस्वतीकुमारी विक, सन्तोष विक र सीता गिरी रहनुभएको छ ।
Leave a Reply