जिम्न्यास्टिक खेलाडी विष्णुनारायण ग्वाछासँग एकछिन
- बैशाख २, २०८२
भक्तपुर, २३ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजनामा चैत २३ गतेदेखि चैत २५ गतेसम्म सञ्चालन हुने तीनदिने अन्तरनगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबिच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो । सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१’ को विमोचन गर्नुभयो ।
भक्तपुरको सहिद स्मृति खेल मैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेँले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै जिम्नास्टिक खेल जोखिमपूर्ण खेल भएकोले सुरक्षितका साथ खेल्न आग्रह गर्नुभयो ।
नाचगान र शारीरिक अभ्यासले शरीरका अङ्ग प्रत्यङ्गहरूलाई चलायमान बनाई स्फूर्ति प्रदान गर्ने बताउँदै उहाँले खेलकुद व्यक्तिगतरूपमा शारीरिक तन्दुरुस्ती, मानसिक स्वस्थताका साथै देशलाई विश्वमाझ चिनाउने माध्यम भएको प्रस्ट पार्नुभयो ।
खेलाडीहरूलाई आफ्नो कला र कौशल अनुशासित ढङ्गले प्रदर्शन गर्न जोड दिँदै अध्यक्ष बिजुक्छेँले सरकारले खेलाडीहरूलाई हौसला र प्रोत्साहन दिनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवा र विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउन भक्तपुर नगरपालिकाले उत्साहित गर्दै आएको बताउँदै भक्तपुर नपाले विद्यालयहरूमा खेलकुद प्रशिक्षकहरूको व्यवस्था गरी खेलकुद प्रशिक्षणहरू सञ्चालन गर्नु त्यसैको सिलसिला हो भन्नुभयो ।
प्रत्येक वर्ष अन्तरनगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताउँदै उहाँले सबै नगरवासीहरूलाई स्वस्थ राख्न, देशभक्त र अनुशासित राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै आएको विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जिम्नास्टिक खेल जगतको महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै विद्यार्थीहरूको बौद्धिक विकाससँगसँगै शारीरिक र मानसिक विकासको लागि खेलकुद महत्वपूर्ण पक्ष रहेको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अन्तरनगर खेलकुद प्रतियोगिता आयोजनाले विभिन्न नगरपालिकाबिच अन्तरसम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल जिम्नास्टिक सङ्घका महासचिव मुकुन्दराज शर्माले भक्तपुर नपाको आयोजनामा भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगितामा सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै १८ वटा महानपा, उपमहानपा र नपाबिच हुने प्रतियोगिताले राष्ट्रिय प्रतियागिताको स्वरूप लिएको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १ का वडाध्यक्ष, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तरनगर जिम्नास्टिक प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दै सबै नगरवासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै आएको हो भन्नुभयो ।
भक्तपुर जिल्ला जिम्नास्टिक सङ्घका अध्यक्ष दिपककृष्ण प्रजापतिले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरूलाई अनुशासन र मित्रतामा जोड दिन आग्रह गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले शुभकामना मन्तव्य, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगर परिक्रमा गरी सहिद स्मृति खेल मैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, कर्मचारी, व्यापारी–व्यवसायी, शिक्षक स्वयम्सेवक, खेलाडी, स्काउट, सुरक्षाकर्मी तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।
समारोहमा रेफ्रिको तर्फबाट पिन्की झाङ र खेलाडीको तर्फबाट रेजिसा घेमोसुले नियममा रही निष्पक्ष ढङ्गले खेलाउने विश्वास दिलाई शपथग्रहण गर्नुभयो ।
Leave a Reply