नियमन होइन प्रवद्र्धन र स्वायत्तता सहकारीको मूल मर्म
- कार्तिक १५, २०८३
भक्तपुर, २४ चैत । सूर्यविनायक बँलाक्व टोल सुधार संस्थाको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईंले पानसमा दीप प्रज्ज्वलित गरी आइतबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथि गोसाईले नामसँग संस्कार संस्कृति, जीवनशैली, इतिहास जोडिने भएकोले मौलिक नाम जोगाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पुराना नाम हताएर नयाँ नाम राख्दा समाजमा विग्रह ल्याउने सम्भावना हुन्छ भन्नुभयो । उहाँले साधारणसभामा मात्र नभई अरु बेला पनि टोल, समाजका दाजुभाइ दिदीबहिनीहरूको आत्मीयता बढ्ने गतिविधिहरू गर्नुपर्ने बताउँदै समाजलाई अगाडि बढाउन र संस्कार र संस्कृतिलाई जीवन्त बनाई नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले काठमाडौँ विश्वको प्रदूषित सहर भएकोमा चिन्ता व्यक्त गर्दै यहाँको कलासंस्कृतिमा अतिक्रमण भएको बताउनुभयो ।
देशको सन्तुलित विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले प्रदूषण कम गर्न सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले बस्ती विकाससँगै आदर निकेतनको आवश्यकताबोध गराउँदै श्रमदान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताउनुभयो ।
प्रहरी निरीक्षक कञ्चन राजचलले टोलवासीहरूको सहयोगमा आपराधिक गतिविधि नियन्त्रण गर्न सकिने बताउँदै लागूऔषध दुव्र्यसनी बढेको कारण नियन्त्रणको लागि टोलवासी सजग हुनुपर्ने र बिस्का जात्रामा अवाञ्छित गतिविधिमा सहभागी नहुन अनुरोध गर्नुभयो ।
संस्थाका सल्लाहकार विश्वराम कवांले इतिहासमा कोरेको गोरेटोले बाटो देखाउने बताउँदै टोलको सुरक्षा, विकास निर्माण कार्यको लागि संस्था स्थापना भएको बताउनुभयो ।
सूनपा वडा नं ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्व बोध गराउनुपर्ने र सकारात्मक सोचको विकास गराउनुपर्ने बताउनुभयो ।
संस्थाका कार्यवाहक अध्यक्ष गौतम सुजखुको सभापतित्वमा भएको कार्यक्रममा संस्थाको गतिविधि सचिव रमेश त्वीत्वी, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मीप्रसाद त्वानाबासु र स्वागत लक्ष्मीसुन्दर शिल्पकारले गर्नुभएको थियो । उक्त अधिवेशनबाट लक्ष्मीसुन्दर शिल्पकारको नेतृत्वमा ९ सदस्यीया नयाँ कार्य समिति चयन गरियो । उपाध्यक्ष गौतम सुजखु, सचिव रमेश त्वीत्वी, कोषाध्यक्ष लक्ष्मीप्रसाद त्वानाबासु, सदस्यहरू रत्नगोपाल शिल्पकार, सुनिला धौभडेल, संगिता कायष्ठ जोशी, लक्ष्मीसुन्दर कर्माचार्य, जमुना त्वानाबासु रहनुभएको छ ।
Leave a Reply