जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
भक्तपुर, २९ चैत । नेपाल मजदुर किसान पार्टी, भनपा वडा नं. १० वडा समिति, भक्तपुरको आयोजनामा नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन सफल पार्न सहयोग गर्ने महानुभावहरूलाई धन्यवाद ज्ञापन एवं बिस्का जात्रा तथा नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले १४ अञ्चललाई प्रदेश बनाउँदैमा, पुच्छारको वडालाई वडा एक बनाउँदैमा ‘नयाँ नेपाल’ नबन्ने उल्लेख गर्दै विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमा रोजगारीको व्यवस्था, स्वास्थ्य उपचार निःशुल्क, नेपालीको सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्ने नपाउने कानुन निर्माण गरिएमात्र ‘नयाँ नेपाल’ बन्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “चैत १५ गते तीनकुने काठमाडौँमा जनताको असन्तुष्टि शिक्षा, स्वास्थ्य निःशुल्क र देशभित्र रोजगारीको लागि हो, राजतन्त्रको लागि होइन ।”
“कालापानीको युद्धमा अङ्ग्रेजहरूले नेपालीहरूसँग मित लगाएर कब्जा गरेको बताउँदै सांसद सुवालले पृथ्वीनारायण शाहले पनि भक्तपुरका राजा रणजीत मल्लका छोरासँग मित लगाएर काठमाडौँ उपत्यका कब्जा गरेको बताउनुभयो ।
उहाँले फ्रान्समा नेपोलियन परिवारलाई निर्वाचनमा उठ्न नपाउने व्यवस्था गरिएको चर्चा गर्दै नेपालमा पनि तोकिएको भन्दा बढी सम्पत्ति भएकाहरूलाई निर्वाचनमा उम्मेदवार नबनाउने कानुन जरुरी छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा, भक्तपुर नगर समितिका प्रतिनिधि गंगाराम ज्याख्वले नेमकिपाको आठौँ महाधिवेशनबाट पारित भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे देशभरि नै नेमकिपाका कार्यकर्ता तथा जनतामाझ बुझाउनुपर्ने र पु¥याउनुपर्ने बताउनुभयो ।
पार्टी कार्यकर्तालाई राजनीतिक रूपमा सचेत र सङ्गठित गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशको अवस्था र समस्याबारे जनतालाई जानकारी दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद हयौँमिखाले आठौँ महाधिवेशन सफल पार्न सहयोग गर्ने वडावासीहरूमा धन्यवाद व्यक्त गर्दै नगरकोट सडकमा भइरहेको दुर्घटनाबाट बच्न तथा न्यूनीकरण गर्न पीच सडक मर्मत तथा फुटपाथ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
वडामा खानेपानी तथा ढल निकास व्यवस्थापन अझ राम्रो बनाउन पहल भइरहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाबाट भइरहेको पूर्वाधार विकास निर्माणका कार्यहरूबारे जानकारी दिनुभयो ।
आयोजक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति लक्ष्मीप्रसाद चवालले नेमकिपाको आठौँ महाधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिनुभयो । कार्यक्रममा कृष्णप्रसाद दुमरुले पनि बोल्नुभएको थियो ।
Leave a Reply