भर्खरै :

स्मृतिमा भैरव रिसाल

स्मृतिमा भैरव रिसाल

जीवन सङ्घर्ष हो, सङ्घर्ष नै जीवन
जीवन नै पत्रकारिता
पत्रकारिता नै जीवन
निरन्तर कलम चलाउने
सङ्घर्षशील अग्रणी पत्रकार
भैरव रिसाल ।

जिल्ला–जिल्लामा खटिने
इमानदार, कर्तव्यनिष्ठ
कालापानी, लिपुलेक,
लिम्पियाधुराका ज्ञाता
विरलैमा एक
भैरव रिसाल ।

सार्वभौमिकताका पक्षपाती
बौद्धिकताका धनी
सत्यतथ्य उजागर गर्ने
देशभक्त अभियन्ता
भैरव रिसाल ।

आस्थाका राजनीतिकर्मी
समानताका अग्रणी
जनताका प्रिय मित्र
निःस्वार्थ शिक्षाप्रेमी
समाजसेवी, विकासप्रेमी
भैरव रिसाल ।

मृत्युपछिको शरीर
पाठ्यपुस्तकझैँ अध्ययन गराउन
शरीर दान गर्ने दाता
प्रेरणाका स्रोत
भैरव रिसाल ।

हामीसामु नरहेनि
उनका असल गुण
हाम्रा सामु छन्
दियोझैँ बलिरहने बत्तीमा
तेल थपिरहने
भैरव रिसाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *