स्वतन्त्रता
- बैशाख ६, २०८२
हल्ला छ तिम्रो आन्दोलनबिचमै उठ्ने कुनै खाल पो हो कि !
सार्वजनिक स्कूल मासेर निजी पोस्ने कुनै चाल पो हो कि !
सुदूरमा हेरे बेथिति र अभावका चाङका खात छन्
त्यस्तै, समस्याहरू चुहाउन तल्लीन कुनै पाल पो हो कि !
आओ आओ भन्दै अगाडि अरु अनि आफू पछि हट्ने
सर्वसाधारणको अर्को नयाँ कुनै काल पो हो कि !
उफ्रिने उफ्रिने अनि फेरि थुप्रिने, नानीदेखिको बानी तिम्रो
यो उफ्राइ पनि दुई चार दिनको मात्रै कुनै छाल पो हो कि !
अनिवार्य आउने उर्दी दिन्छौ, नआए ठीक पार्छु भन्छौ
आनीबानी देख्दा लाग्छ नयाँ राजाको कुनै ढाल पो हो कि !
सामूहिकभन्दा पनि पर आफ्नै स्वार्थमात्र बोकेर हिँड्छौ
अरुको बुईँ चढ्दै लोकतन्त्र मास्ने नयाँ कुनै जाल हो कि !
Leave a Reply