लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
विज्ञान र प्रविधिको यो युगमा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण स्थान छ । देश विदेशमा घटेका कुनै पनि घटनाको सूचना या खबर जनताको घर आँगनमा पु¥याउने काममा सञ्चार जगत्को महत्वपूर्ण भूमिका छ । यसमा सञ्चार साधनको साथै सञ्चारकर्मीहरूको योगदानलाई हामीले भुल्न मिल्दैन । देशमा एकातिर शोषक, सामन्त, जमिनदार, प्रतिक्रियावादी, जालसाजी, भ्रष्टाचारी, कमिसनखोर र अपराधीहरू छन् भने अर्कोतिर शारीरिक र बौद्धिक श्रम गर्ने किसान, मजदुर, महिला, विद्यार्थी, शिक्षक साहित्यकार, कलाकार, बुद्धिजीवी र कर्मचारीहरू छन् । समाजमा सबै समान नभएसम्म वर्गद्वन्द्व भइरहन्छ । वर्गीय समाजमा वर्गसङ्घर्ष हुनु स्वाभाविक हो । अतः वर्गीय समाजमा पत्रकारिता पनि वर्गमा विभाजित हुन्छ ।
सञ्चार क्षेत्रले व्यापकता पाउनुमा विदेशका घटना र खबर जनताको घर आँगनमा पु¥याउने विभिन्न स्रोत र साधनमध्ये छापा पत्रिका पनि एक हो । एकै दिन एकै समयमा हजारौँ–लाखौँ जनताबिच खबर पु¥याउने एक माध्यम छापा पत्रिका हो । छापा पत्रिकामा एकथरी सञ्चालक या सञ्चारकर्मीले नाफाकै निम्ति चलाएका हुन्छन् । एकथरीको पत्रिकाले शोषक, सामन्त, जमिनदार, प्रतिक्रियावादीहरूको पक्षपोषण गरेको हुन्छ भने अर्को थरीको पत्रिकाले श्रमजीवीवर्गका जनताको पक्षपोषण गरेको हुन्छ । त्यस्तो पत्रिकाले नाफाभन्दा जनतामा राष्ट्रिय अन्तर्राष्ट्रिय खबर जनतामाझ पु¥याउने ध्येयले काम गरेको हुन्छ । त्यस्तो पत्रिका देश र जनताप्रति समर्पित हुन्छ ।
आस्थाको पत्रिकाले समाजमा व्याप्त अन्धविश्वास, कुरीति, विकृति र विसङ्गति हटाई आदर्शोन्मुख समाज स्थापनाको निम्ति टेवा पु¥याएको हुन्छ । देश र जनताप्रति समर्पित पत्रिकाले महँगी, शोषण र दमनको खबरमात्र होइन त्यसको विरोध गर्छ र समस्या समाधानको निम्ति खबरदारी पनि गर्छ । त्यस्तो पत्रिकामा समाचार मात्र होइन दृष्टिकोण पनि हुन्छ । यसरी समाचार र विचार प्रवाह गर्ने पत्रिकाहरूमध्ये ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पनि हो । ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा वरिष्ठ एवं अग्रज पत्रकार भैरव रिसालको लेख निरन्तर छापिएको थियो । पत्रकारको पनि पत्रकार, लेखक एवं स्तम्भकार भैरव रिसालको ‘श्रमिक’ साप्ताहिकमा २२ वर्षसम्म लगातार लेख छापिएको थियो भने ‘मजदुर’ दैनिकमा सुरूको अड्ढमै लेख छापिएको थियो । २०७२ सालदेखि ‘मजदुर’ दैनिकमा ०८१ भदौ ४ सम्म हप्ताको एउटा लेख छापिएको थियो । ९६ वर्षको उमेरमा पनि उहाँले ‘मजदुर’ दैनिकमा हस्तलिखित लेख पठाउनुभयो । उहाँको पत्रकारिता यात्रा ८४ वर्षसम्म रह्यो । यस अर्थमा उहाँको सम्पूर्णजसो जीवन पत्रकारितामा बितेको छ । उहाँको जीवन नै पत्रकारिता र पत्रकारिता नै जीवनजस्तै बनेको छ । सानै उमेरदेखि जीवनको अन्तिम घडीसम्म निरन्तर पत्रकारिता पेसामा लाग्ने व्यक्तिहरू सायदै होलान् ।
उहाँ ९७ वर्षमा निधन हुनुभयो । यस दुःखद घडीमा उहाँले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गर्नु स्वाभाविक हो । उहाँ लेखक, पत्रकारमात्र होइन समाजसेवी, शिक्षाप्रेमी, विकासप्रेमी पनि हुनुहुन्थ्यो । पाक्व उमेरमा पनि एक तन्नेरी युवाझैँ काममा खट्नुहुन्थ्यो । नेपालका सबैजसो जिल्लामा उहाँ पुग्नुभयो र समाचार सड्ढलन गरेर छपाउनु हुन्थ्यो । उहाँ जुम्ला, हुम्ला, सुर्खेत, धनकुटा, पोखरालगायतका विभिन्न स्थानमा पुग्नुभयो । देश, जनता र पत्रकारिता क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गर्नु समीचीन नै हुनेछ । यसै सन्दर्भमा पत्रकार समाज नेपालले वैशाख १ गते एक समारोहबिच स्मृति सभाको आयोजना गरेको छ । उहाँको भौतिक शरीर नभए पनि पत्रकारिता क्षेत्रमा सदा स्मरणीय भइरहनेछ । उहाँबाट हामीले शिक्षा लिनुपर्छ । उहाँप्रति श्रद्धा सुमन !
Leave a Reply