पशुपन्छीमा अत्यधिक एन्टिबायोटिक प्रयोगबाट मानव स्वास्थ्यमा आघात
- पुष २८, २०८२
प्रशासन सुव्यवस्थितरूपमा सञ्चालन गर्न प्रशासक अनुभवी, योग्य, क्षमतावान र कुशल हुनुपर्छ । कुशल प्रशासकले मात्र कुनै पनि कार्यालय, सङ्घसंस्थाको प्रशासन राम्ररी चलाउन सकिन्छ । यसले सङ्घसंस्थाको प्रगति हुनुका साथै राम्रो कार्यसम्पादन सम्भव हुन्छ र कर्मचारीहरूको मनोबल वृद्धि भई हौसिएर आफ्नो जिम्मेवारी र कर्तव्य समयमा सम्पन्न हुन्छ । त्यस कामको अनुसरण गर्नका लागि अन्य कार्यालय र सङ्घसंस्थका कर्मचारीहरूसमेत आफूले काम गरेका कार्यालयमा अवलोकन भ्रमणमा आउने हुन्छ ।
चाँगुनारायण नगरपालिकाको प्रशासन त्यस तवरबाट चलेको देखिँदैन । अहिले चाँगुनारायण नगरपालिकाको शाखा, उपशाखाहरू राम्ररी चलेका छैनन् । यसको कारण नगर प्रमुख जीवन खत्रीले आठौँ तहका अनुभवी, योग्य, सक्षम र कुशल कर्मचारीहरूलाई राजनीतिक प्रतिशोध साँधेर निकालेर छैटौँ तहका असक्षम र अनुभवहीन कर्मचारीहरूलाई शाखा–प्रशाखाको जिम्मेवारी दिनु हो । यसै कारणले कर्मचारीहरूमा हिनताबोध हुनुका साथै कर्मचारी कर्मचारीबिचमा मतभेद उत्पन्न भई एक आपसमा हुनुपर्ने सहयोगी भावना विलुप्त भएको छ । यस्तो अनुभव नगरपालिकामा सेवा लिन जाने नगरवासीले गर्ने गरेका छन् । चाँगुनारायण नगरपालिकाभित्रको अव्यवस्थाका लागि नपा प्रमुख खत्री नै जिम्मेवार देखिन्छन् ।
यसरी नै नगर प्रमुख र उपप्रमुखको मिलेमतोमा आ.व. २०८१/८२ को नगर अधिवेशनबाट स्वीकृत कार्यक्रम र संशोधित कार्यक्रमहरू सार्वजनिक नगरी गोप्यरूपमा आ–आफ्नो मनोमानी योजना सञ्चालन गर्ने गरेको देखिन्छ । यसले गर्दा अन्य जनप्रतिनिधिहरूसमेत रुष्ट भएका छन् । यसरी नगरपालिकालाई सफल बनाउने जिम्मेवारी लिएर गएका जनप्रतिनिधिहरूलाई रुष्ट बनाएर नगरपालिका कसरी सफल हुनसक्छ ? नगर प्रमुख खत्री नगरपालिका तपाईँको मर्जी र हुकुमअनुसार मात्र चलाउने हो र ? योग्य कर्मचारीहरूलाई उचित व्यवहार गरेर जिम्मेवारी दिई प्रशासन व्यवस्थितरूपमा चलाउने जिम्मेवारी तपार्इँको होइन र ? नगरपालिकाको नगरसभाबाट पारित कार्यक्रमहरू सार्वजनिक गरी पारदर्शिता देखाउनु पर्दैन र ?
Leave a Reply