भर्खरै :

सरकारद्वारा जातजातिको आधारमा गरिने दमन सामन्तवाद हुने

सरकारद्वारा जातजातिको आधारमा गरिने दमन सामन्तवाद हुने

शिक्षा अन्धविश्वासलाई खण्डन गर्ने विज्ञानसम्मत हुनुपर्दछ । गीत, गजल, ¥याप, हाइकु, भजनलगायत साहित्य विज्ञानसम्मत हुनु आवश्यक छ ।
विद्यालय र कलेज सञ्चालन सँगसँगै अभिभावकहरूको राजनीतिक चेतना माथि उठाउनु जरुरी छ । राजनीति देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने हो । जनता राजनीतिकरूपले सचेत नभए प्रतिगामी, सामन्तवर्ग तथा पुँजीपतिवर्गले टाउको उठाउनेछन् । नेपालमा अहिले यही भइरहेको हो ।
राजनीतिक चेतना नभएकाहरू देश र जनताको निःस्वार्थरुपले सेवाभन्दा आफ्नो र आसेपासेको स्वार्थ पूर्तिमा लाग्छन् । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोजभेतर खुवाउनेहरूले जितेकाहरू सहरमा घर जग्गा जोड्छन् र जनतालाई बेवास्ता गर्छन् । नेपालमा अहिले यो पनि भइरहेको छ ।
विद्यालय र कलेजमा विद्यार्थीहरूको गृहकार्य परीक्षण सँगसँगै विद्यार्थीहरूलाई गुणतस्तरीय शिक्षा बनाउने, नाचगान, सङ्गीत, नेपालकै जातजातिको भाषा, विदेशी भाषा, खेलकुद, हस्तलेखन, चित्रकला, शारीरिक व्यायामबारे प्रशिक्षणमा जोड दिनु आवश्यक छ । स्वस्थकर खानेकुरा खुवाउने, तयारी पत्रु खाना नखुवाउने व्यवस्था पनि विद्यालयमा हुनु आवश्यक छ ।
धुलो, धुवाँ, डढेलोको कारण काठमाडौँ उपत्यकामा प्रदूषण बढ्दो छ । देशको सन्तुलित विकास नगरिएकोले यो समस्या बढेको हो । अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको दोस्रो कार्यकालसँगै विश्वमा मानव अधिकारको हनन र व्यापार युद्ध बढ्ने सम्भावना छ । ट्रम्पको विरोधमा अमेरिकालगायत संसारका न्यायप्रेमी जनताले प्रदर्शन गर्दै छन् ।
भक्तपुर नगरपालिकाले ख्वप कलेजहरू सञ्चालन गरी ७७ जिल्लाका ४३ हजार विद्यार्थीलाई उच्च शिक्षाको मार्ग प्रशस्त गरेको छ । चाँगुनारायण नगरपालिकाका ३०८, मध्यपुर नपाका ५४९, सूर्यविनायक नपाका ४३६ विद्यार्थीले इन्जिनियरिङ पढ्ने अवसर पाए । ख्वप विश्वविद्यालयको विधेयक पारित भएर सल्लाघारीस्थित १०८ रोपनी जग्गा उपलब्ध भए भक्तपुर नगरपालिकाले देश र जनताको थप सेवा गर्नेछ ।
देशभरिका ९ हजारभन्दा बढीले भक्तपुरमा इन्जिनियर पढे । ललितपुरका २९३ र काठमाडौँ जिल्लाका ७३९ जनाले इन्जिनियर पढे भने बाँकी जिल्लाका झन्डै ५ हजार विद्यार्थीले इन्जिनियर पढे । २० वर्षयता ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट ८०० जनाले नर्सिङ र केही सयले ओभरसियर अध्ययन गरे । ख्वप अस्पतालमा दुई लाख ५० हजार बिरामीको सेवा पुग्यो । उच्च शिक्षाको लागि विद्यार्थीहरूलाई शैक्षिक ऋण १४ करोड प्रदान गरियो ।
नेपालमा मिथिला, भोजपुरी, थारु भाषा बोल्ने क्षेत्रमा सोही भाषाबाट पढाइ हुने प्रदेश विश्वविद्यालय सञ्चालन हुनु आवश्यक छ । यसले राष्ट्रिय एकता कायम गर्नेछ ।
जात र भाषाअनुसार दमन गर्नु सामन्तवाद हो । सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनु हुन्न, प्रजातन्त्र र जनविश्वासको थलो बनाउनु आवश्यक छ । सरकारमा गएका पार्टी र नेताहरू राम्रो भए फूल फुलेझैँ देश फुल्नेछ । अहिलेको पुँजीवादी गणतन्त्र वा राजतन्त्र पुनस्थापनाबाट देश र जनताको समस्या समाधान हुनेछैन, समाधानको लागि समाजवादी गणतन्त्र जरुरी छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ चैत २७ गते बुधबार चाँगुनारायण नगरपालिका वडा नं. ८, सुडालस्थित पञ्चकन्या माविको ३९ औँ वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा राख्नुभएको मन्तव्यको सार–सं)

ऋण तिर्न ऋण लिनुपर्ने नेपालको वर्तमान अवस्था
राजनीतिक दल दर्शन र वर्ग आधारमा स्थापना र सञ्चालन भएको हुन्छ । निर्वाचनमा सिद्धान्तहीन गठबन्धन र सरकारमा अनैतिक गठबन्धन गर्नु लज्जाको विषय हो । मानिससँग लाजशरम र नैतिकता हुनु आवश्यक छ । तर, सरकारमा गएका नेताहरूमा यी सबै खडेरी पर्दै छन् ।
निर्वाचनमा नेका–माओवादीको गठबन्धन, एमाले–राप्रपा गठबन्धन र सरकारमा यी दलहरूको सिद्धान्तहीन र अनैतिक गठबन्धन कसरी लाजको विषय भएन ? शिक्षकहरू यो विषयमा सचेत हुनु जरुरी छ ।
शिक्षकहरूले नयाँ पुस्तालाई मदिरा र धूमपानबाट टाढा राख्नु आवश्यक छ । स्वास्थ्य मन्त्रालयले आउने साउनदेखि चुरोट, खैनी, गुट्खा, बिँडीलगायत सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत भागमा घातक रङ्गीन चित्र अनिवार्य लेख्नुपर्ने कानुनी व्यवस्था गरेको छ । तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई आफ्नो कानुनी व्यवस्था पुनरावलोकन गर्न आग्रह ग¥यो । सुर्तीजन्य वस्तुले मुख तथा घाँटीको क्यान्सर हुने अनुसन्धानबाट पुष्टि भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई खराब उद्योगी र व्यापारीले प्रभावमा पारेको पुष्टि भइरहेको छ ।
नेपाल मजदुर किसान पार्टीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्कसहित उत्पादन श्रमसँग जोडिएको शिक्षा व्यवस्थाको लागि आवाज उठाउँदै आएको छ । यस्तो व्यवस्था भएको भए विद्यालयका शिक्षकहरू सङ्घीय राजधानीमा आएर आन्दोलन गर्नुपर्ने थिएन ।
‘नयाँ नेपाल’ को अर्थ एउटा पालिकालाई एउटा वडा बनाउने वा पुछारको वडालाई वडा नं. १ बनाउने होइन । शिक्षा र स्वास्थ्य निःशुल्क, स्वदेशमा रोजगारी, सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था भएमात्र ‘नयाँ नेपाल’ बनाउन मद्दत पुग्ने छ ।
शिक्षकले हरेक कक्षामा नयाँ नयाँ विषय पढाउनु आवश्यक छ । यसरी पढाउने प्राध्यापक दयानन्द बज्राचार्यको नाम पनि सूचीमा समावेश छ ।
सरकारले स्वास्थ्य बीमाको रकम झन्डै १७ अर्ब रुपैयाँ अस्पतालहरूलाई भुक्तानी गरेको छैन भने ख्वप अस्पताललाई २५/२६ करोड रुपैयाँ भुक्तानी गरेको छैन । स्वास्थ्य बीमाको रकम अस्पतालहरूलाई नपठाउनु गरिब बिरामीलाई जिउँदै मार्ने सरकारको नियत किन होइन ?
विश्वको आधा जनसङ्ख्या (३.३ अर्ब) को बजेट शिक्षा र स्वास्थ्य सेवामा भन्दा ऋणको ब्याज तिर्न खर्चिनुपर्ने अवस्था छ । नेपालको ऋण २७ खर्ब पुग्यो भने ऋण तिर्न ऋण लिनुपर्ने अवस्था छ । एकसय वर्षयता स्वतन्त्र भएका विश्वका जनता विकासको नाममा साम्राज्यवादीहरूको ऋणको कारण नवउपनिवेश बन्दै छन् । सरकारले नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाएको हुँदा दाल, चामल, तरकारी, फलफूलसमेत भारतबाट आयात गर्नुपर्ने अवस्था भइरहेको छ । नेपालमा एक महिनामा १ खर्ब ५१ अर्ब रेमिट्यान्स भित्रिएको सार्वजनिक भयो । रेमिट्यान्स पठाउने देशले नेपाली श्रम प्रयोग गरी यसको सयौँ गुणा फाइदा लिएको छ । यसकारण, नेपाली युवालाई सरकारले देशभित्र रोजगारी दिनु जरुरी छ ।
नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति भएको छैन । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति भएको छैन । शासकहरूको सबैतिर भागबन्डा र अराजकता छ । कर्मचारीको अवकाशपछि कुनै निजी कम्पनीमा १–२ वर्ष लाग्न नपाउने पर्खने व्यवस्था प्रभावकारी हुने सङ्केत छैन । २०४६ सालपछि नेका, एमाले र माओवादीको अन्तरिम सरकारले ठुला भ्रष्टाचारीलाई मृत्युदण्डको सजायसमेत हुने व्यवस्था हटाउँदा अराजकता बढेको हो । ठुला भ्रष्टाचारीलाई मृत्युदण्डसमेत हुने कानुनी व्यवस्था जरुरी छ ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक पारित नहुँदा गरिब विद्यार्थीहरूलाई मर्का परिरहेको छ । सरकारले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय विधेयक पारित गरिदिनु जरुरी छ ।
(नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ चैत २९ गते शुक्रबार सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिले आयोजना गरेको शिक्षक दिवस तथा सेवा निवृत्त शिक्षक सम्मान कार्यक्रममा व्यक्त गर्नुभएको विचार– सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *