भर्खरै :

ट्रम्पको व्यापार युद्धमा संरा अमेरिकाको जीत सम्भव छैन

ट्रम्पको व्यापार युद्धमा संरा अमेरिकाको जीत सम्भव छैन

संरा अमेरिकाले विश्व व्यवस्थामा आफ्नो प्रभुत्वको निम्ति सदैव अन्य देशहरूमाथि थिचोमिचो र हमला ग¥यो । उसले उदीयमान देश या अर्थतन्त्रविरुद्ध आर्थिक युद्ध छेड्यो । व्यापार युद्धको संरा अमेरिकी इतिहासमा भने यतिबेला नयाँ परिस्थिति देखा पर्दै छ । संरा अमेरिकाले चीनबाट आयात हुने वस्तुमा १४५ प्रतिशत अतिरिक्त भन्सार दर वृद्धि गरी चीनविरुद्ध व्यापार युद्ध अझ चर्काउँदा चीनले अमेरिकाबाट आयात हुने वस्तुमा १२५ प्रतिशत भन्सार दर वृद्धिको जवाफ फर्कायो । संरा अमेरिकाले अब जस्तोसुकै कदम चाले पनि चीनले योभन्दा बढी भन्सार दर वृद्धि नगर्ने स्पष्ट धारणा राख्यो । साथै ट्रम्पको स्वेच्छाचारी भन्सार आतङ्कसामु नझुक्ने र आफ्नो अडान नछोड्ने बतायो । चीन हिजोको जापान (सन् १९६८ देखि २०१० सम्म विश्वको दोस्रो ठुलो अर्थतन्त्र) या सन् १९८०—९० कालीन रुस होइन भन्ने जवाफ व्यवहारबाट दियो । एक हप्ता अघिमात्रै अमेरिकाले चीनलगायत एक सय पचासभन्दा बढी देशमाथि व्यापार युद्ध छेडेको थियो । जसमा युरोपका विकसित देशदेखि एसियाका विकासोन्मुख देशहरूसमेत थिए । विश्वमा ट्रम्पको भन्सार आतङ्कको चर्को विरोधपछि केही दिनअघि ट्रम्पले अन्य देशमाथिको भन्सार दर वृद्धि ९० दिनको लागि स्थगित ग¥यो । तर चीनमाथि थोपेको अतिरिक्त भन्सार महसुल ३४ प्रतिशतबाट १०४ प्रतिशत हुँदै १४५ प्रतिशतसम्म पु¥यायो । यसबाट ट्रम्पको नियत प्रस्ट हुन्छ ।
ट्रम्पले विश्व व्यापार सङ्गठनको सिद्धान्त या विचार नमानेको प्रस्ट भयो । विश्व व्यापारको नियम उलङ्घन ग¥यो । खुला व्यापारको वकालत गर्ने संरा अमेरिका आफैले व्यापार संरक्षणवादको झण्डा बोक्नु पाखण्ड हो भन्ने आलोचना हुँदै छ । आप्mनो स्वार्थको लागि अन्य देशमाथि व्यापार युद्ध छेड्नु अपराध नै हो भनी ट्रम्पको विरोध हुँदै छ । अर्थशास्त्रमा एउटा शब्दावली छ – ‘Beggar–thy –neighbor’ अर्थात् अन्य देशको अर्थतन्त्रमाथि हमला गरी आप्mनो आर्थिक समस्या समाधानको नीति बनाउनु या बाटो समाउनु । ट्रम्पले ठ्याक्कै यस्तै गरेको विश्लेषण छ । तर ट्रम्पको व्यापार युद्धले अमेरिकालाई कुनै पनि कोणबाट फाइदा हुने देखिन्न । ट्रम्पको भन्सार आतङ्कले उल्टै अमेरिकी अर्थतन्त्र तहसनहस हुने सम्भावनाबारे अर्थशास्त्रीहरू छलफल गर्दै छन् । सन् २०१८ को व्यापार युद्धमा झैँ संरा अमेरिका आपैm हार्ने परिदृष्य देखापर्दै छ । भन्सार दर वृद्धिको सवालमा ९८ प्रतिशत अमेरिकी अर्थशास्त्री विपक्षमा मत राख्छन् । भन्सार दर वृद्धिले स्वाभाविक रूपमा वस्तुको मूल्यवृद्धि हुन्छ । त्यसले उपभोक्ताको लागत या खर्च मात्र बढाउँदैन बरु मुद्रास्फितिको सम्भावना बढाउँछ । बेरोजगारी बढाउँछ । नभन्दै अहिले अमेरिकाको सेयर बजार खस्कँदो छ । अर्थतन्त्र उँधो झर्दै छ । अत्यावश्यक वस्तु अभावको खबर छापिँदैछ । ट्रम्पको यो व्यापार युद्धले संरा अमेरिकाका गरिबदेखि मध्यम वर्गीय जनतालाई प्रत्यक्ष असर गर्ने निश्चित छ । अमेरिकामा ५१ प्रतिशतभन्दा बढी मध्यम वर्गीय जनता छन् । ‘अमेरिकालाई फेरि धनी बनाउने’ भन्दै अन्य देश र आफ्नै जनतालाई मार्ने ट्रम्पको नीति आत्मघाती छ भन्ने विरोध भइरहेको छ । चीनको वैदेशिक व्यापार कमजोर बनाई आप्mनो देशको व्यापार घाटा न्यूनीकरण गर्छु भन्ने ट्रम्पको मुर्खता उदाङ्गो हुँदै छ । आर्थिक व्यापार ‘जिरो सम गेम’ या एउटालाई नाफा र अर्कोलाई शून्य सरहको घाटाको खेल होइन । आपसी व्यापार जीत जीत या दुवै पक्षलाई फाइदा हुने सिद्धान्तमा अघि बढ्छ । ट्रम्पको शीतयुद्ध मानसिकताले चीनसँगको दुइपक्षीय सम्बन्ध मात्र होइन विश्वसँगको सम्बन्धमा समेत आँच नआउला भन्न सकिन्न ।
वास्तवमा चीन र संरा अमेरिका विश्वकै सबैभन्दा ठुलो अर्थतन्त्रहरू हुन् । एक अर्काका परिपूरक शक्ति हुन् । विश्व अर्थव्यवस्थामा स्थिरताका लागि दुईको मित्रता जति सुन्दर पक्ष अरू नहोला तर संरा अमेरिकाले चीनको उदय या विकासकलाई नसहनु मित्रको व्यवहार होइन । अमेरिकाले चीनलाई व्यापार, वित्त र प्रविधिको क्षेत्रमा ‘डि–ग्लोबलाइजेसन’ तिर खेड्न खोजेको प्रस्ट छ । यसले चीनलाई त होइन सिङ्गो ग्लोबल बजारको ‘सप्लाई चेन’ या पूर्ति चक्र खलबलिने पक्का छ । नेता सी चिङ फिङले भन्नुभएको छ –“साझा विकासका लागि आपसी सहकार्यको विकल्प छैन । आप्mनो सानो करेसावारीमा अग्लो पर्खाल लगाउँदा आफै भित्र परिन्छ । मानव समृद्धिका लागि खुलापन र साझा व्यवहारको बाटो उत्तम हुन्छ ।”
ट्रम्पले सन् २०१८ मा व्यापार युद्ध छेड्दा पनि चीनले गर्दा व्यापार घाटा भएको र चीनले बौद्धिक चोरी गरेको आक्षेप लगाएको थियो । चीन आप्mनो विचार र सिद्धान्तमा कहिल्यै झुकेन २००१ मा डब्लुटिओ सदस्य देश बनिसकेपछि त्यहाँको काइदाकानुन, नीतिनियम पालना गरी २५ वर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध द्रुत विकास गर्ने देश हो चीन । चीनले डब्लुटिओको खुला व्यापार र व्यापारमा वीन—वीनको सिद्धान्तलाई अक्षरस पालना गर्यो । चीन आज सबैभन्दा बढी पुँजी प्रवाह गर्ने क्षमता भएको र ऋण नभएको देशको रूपमा गनिन्छ ।
चीन विश्वकै सबैभन्दा ठुलो उत्पादन केन्द्र हो, पहिलो निर्यातकर्ता देश पनि । चीनले अमेरिकाबाट बढी नाफा लिइरहेको दाबी त्यसकारण पनि ट्रम्पले गरेको हो । हिजो २०१८ मा पनि त्यही आरोप थियो । सन् २०१८ अघि अमेरिकासँग व्यापार युद्ध सुरु नहँुदा चीनको निर्यात व्यापार सप्र्लस या नाफा जम्मा ३ खर्ब ५० अर्ब अमेरिकी डलर थियो भने व्यापार युद्धको दौरान ६ वर्षमा १० खर्ब नाघ्यो, झण्डै ३ गुणाले बढी । चीनको बजार अमेरिका मात्र होइन । अघिल्लो व्यापार युद्धको दौरान अमेरिकाको हाँकलाई चीनले अवसरमा बदल्यो । अहिलेको चीनसँग त अघिल्लो व्यापार युद्धसमेतको अनुभव छ । चीन कुनै पनि हालतमा यो व्यापार युद्धले गल्ने छैन भन्ने विश्वास अन्तर्राष्ट्रिय जगतको छ । हिजो २०१८ मा संरा अमेरिकाले चीन विरुद्ध व्यापार युद्ध नछेडेको समयमा उसको व्यापार घाटा जम्मा ४ खर्ब ८० अर्ब डलर थियो भने २०२० सम्म आइपुग्दा व्यापार घाटा बढेर ६ खर्ब ५३ अर्ब डलर पुगेको थियो । व्यापार युद्ध अमेरिकालाई प्रत्युत्पादक बनेको सबैले देखेकै हुन् । अमेरिकी घरेलु व्यापारी र उद्योगीहरू ट्रम्प प्रशासन विरुद्ध सडकमा उत्रेको घटना धेरै पुरानो होइन । अहिलेको अवस्था त्योभन्दा नाजुक देखिन्छ । “चीन विरुद्ध संरा अमेरिकी व्यापार युद्धबारे” र “चीनको श्वेतपत्र” पुस्तकले अहिलेको अवस्था अध्ययनमा सघाउला ।
अहिलेको चिनियाँ अर्थतन्त्र हिजोभन्दा शक्तिशाली छ । चीनको घरेलु बजार, उपभोक्ता बजार बलियो छ । सन् २०२० मा चीनमा उत्पादित वस्तुको ८० प्रतिशत चीनमै उपभोग भयो । अहिले पनि त्यो सम्भव छ । १ अर्ब ४० करोड जनसङ्ख्याको माग र पूर्ति चक्रले नै चीनको अर्थतन्त्र धानिन्छ । आर्थिक विकासको आधारशीला पनि घरेलु बजार नै हो । जनताको क्रयशक्ति बढाउनु र उपभोक्ता बजार सक्रिय बनाउनुले आर्थिक सङ्कट रोक्छ । चीनको कुल गार्हस्थ उत्पादन १३०० खर्ब आरएमबी पुग्यो । विश्व आर्थिक विकासमा ३० प्रतिशत बढीको योगदान छ । चीनको अन्तर्राष्ट्रिय सम्बन्ध, सहकार्य बलियो छ । करिब १५० देशसँग बिआरआई सम्बन्ध छ । ग्लोबल साउथ र ब्रिक्स देशहरूसँग राम्रो सम्बन्ध छ । करिब ७० प्रतिशत जनसङ्ख्या बस्ने र विश्व अर्थतन्त्रको ४०—५० प्रतिशत हिस्सा ओगट्ने ग्लोबल साउथ र ब्रिक्सले अमेरिकालाई भन्दा चीनलाई विश्वास गरेको विश्व घटना, परिघटना ताजा छन् । यतिखेर चीनको विश्व व्यापार सञ्जाल हेर्दा अमेरिका चीनको लागि गौण बजार हो भन्न सकिन्छ । एकपक्षीय विश्व विरुद्धको एकता र चीनको द्रुत विकासदेखि आत्तिएको ट्रम्प या अमेरिकी बहुलठ्ठीपूर्ण भन्सार आतङ्कले उसैलाई कमजोर बनाउने निश्चित छ । बौद्धिक चोरीको आरोप खेपेको चीन अहिले अमेरिकाभन्दा अगाडि छ । सन् २०२४ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको सर्वेक्षणानुसार पृथ्वी र वातावरण विज्ञानसम्बन्धि भएको उच्च गुणस्तरीय खोजमा चीन ४७४६ वटा पेपर निकाली विश्वमै सर्वोत्कृष्ट देश बन्यो । खोज अनुसन्धानमा समेत प्रविधि र एआईको विकास दु्रत्त छ । यो परिस्थितिमा ट्रम्पको भन्सार आँकडा खेल हास्यासपद हो, एक किसिमको चटक हो  । चीन भन्दै छ –“संरा अमेरिकाको धम्की र ब्ल्याकमेलिङ सामु चीन कदापि झुक्दैन । संरा अमेरिकी प्रभुत्वसामु घुँडा टेक्दैन ।” चीनका परराष्ट्रमन्त्री लीन चियानले पछिल्लो सम्बोधनमा बोल्नुभयो –“आप्mनो स्वार्थका लागि अमेरिकाले अनुशासन र नियममा आधारित बहुपक्षीय व्यापार प्रणाली बिगार्यो, डब्लुडीओको नियम उलङ्घन जस्तो अक्षम्य काम ग¥यो । भन्सार करलाई हतियार बनाई अन्य देशहरूको अधिकार खोसेर अमेरिका आप्mनो स्वार्थ पूरा गर्न चाहन्छ । विश्व अर्थव्यवस्था अस्थिर बनाउन चाहन्छ । हामी यो व्यवहारविरुद्ध अन्त्यसम्म लड्छौँ ।” वास्तवमा यो समय चीनका लागि विश्वव्यापी सम्बन्ध अझ विस्तार र बलियो बनाउने सुअवसर हो । नीति नियममा आधारित विश्वबजारको ‘लिडर’ बन्ने अवसर बन्न सक्दछ भन्ने विश्लेषण पनि छ ।
युरोपलाई पनि अमेरिकाको व्यवहार चित्त बुझेको छैन । ओभल अफिसमा युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई गरेको अपमान र तुच्छ व्यवहार, ग्रीन ल्याण्ड कब्जाको धम्की र व्यापार युद्धले गर्दा युरोप संरा अमेरिकाप्रति सचेत देखिन्छ । एकधु्रवीय विश्वव्यवस्था परिवर्तनको आवश्यकताबोध युरोपलाई पनि छ । युरोपेलीहरू एक स्वरमा भन्दै छन् –“आज अझ प्रस्ट हुँदै छ, खुला विश्वलाई नयाँ लिडरको आवश्यकता छ, हामी युरोपेली यो चुनौती स्वीकार गर्छौ ।” यसर्थ युरोपेलीहरूले ट्रम्पलाई विश्व व्यवस्थाको लिडर नस्विकारेको प्रस्ट हुन्छ । युरोपले व्यापार साझेदारको रूपमा चीनलाई स्वीकार्नुले पनि महत्वपूर्ण सन्देश दिन्छ ।
चाइन टुडे र पेइचिङ रिभ्यूको मार्च अङ्कभित्र यी र यस्ता विचार विभिन्न शीर्षकमा छापिएका छन् । संरा अमेरिकी व्यापार युद्धको अवस्थामा पनि चीनले कुल गार्हस्थ वृद्धिदर ५ प्रतिशत कायम गर्ने, शहरी क्षेत्रमा १ करोड २० लाख रोजगारी सिर्जना गर्ने, क्रयशक्ति थप २ प्रतिशतले बढाउने, वित्तीय र मौद्रिक नीति परिमार्जन गर्ने, उपभोग र लागनी बढाउने, विज्ञान र प्रविधिमा आत्मनिर्भर बन्ने, दिगो विकास र व्यापारको लागि नीति बनाउने, उच्च गुणस्तरको सहकार्य अघि बढाउने, प्रदूषणरहितको आर्थिक विकास गर्ने, घरेलु बजार विकास, शिक्षा र स्वास्थ्य विश्वमै उत्कृष्ट बनाउने, देशको राष्ट्रिय सुरक्षा र सामाजिक स्थायित्वमा जोड दिने लक्ष्य राखिएको छ । चीन आप्mनै लयमा अगाडि बढ्दै छ । कुनै पनि युद्धको प्रतिकार या प्रतिरोधका लागि आफू बलियो बन्नुपर्ने दृष्टान्त चीन स्वयम हो । चीन र बाँकी विश्वको यथार्थ जानकारीका लागि पेइचिङ रिभ्यू र चाइना टुडे बुलेटिनका सामयिक अङ्कहरू निकै सहयोगी र पठनीय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *