भदौ २३ र २४ गतेको घटनाबारे सम्बन्धित व्यक्तिसँगको बयानको सारः–
- बैशाख ३, २०८३
जुम्ला, ३ वैशाख । नेपाल मजदुर किसान पार्टी, जुम्ला जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भयो । सिँजा र खलङ्गा बजारमा छुट्टाछुट्टै आयोजना गरिएको कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अनलाइनमार्फत समसामयिक विषयमा प्रशिक्षण दिनुभयो ।
दोस्रो दिनको प्रशिक्षण दुई चरणमा सम्पन्न भएको थियो । प्रथम चरणमा कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सङ्घ राज्यको अर्थ केन्द्रमा रहेको शक्ति स्थानीय तहमा विकेन्द्रित गर्नु हो । केन्द्रले सबै काम गर्न नसक्ने भएकोले प्रदेश तथा स्थानीय तहको बन्दोबस्त गरिएको हो । तर, सरकारमा बसेका शासकहरूलाई पुरानै संस्कारले थिचेको हुँदा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाएर राम्रोसँग चलाइएन । यस्तो परिस्थितिमा देश र जनताको काम गर्न गा¥हो हुन्छ । नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले सङ्घ, प्रदेश र स्थानीय पालिकाको काम, कर्तव्य र अधिकारबारे जनतालाई सुसूचित गर्नुपर्छ ।” “सिद्धान्ततः चुनावमा धेरै मत पाएको दलले सरकार बनाउने र कम मत पाएका दलहरू प्रतिपक्षमा बसेर सरकारलाई खबरदारी गर्ने हो । जनताले नेपाल मजदुर किसान पार्टीलाई सरकारलाई खबरदारी गर्न र जनतालाई सुसूचित गर्न आदेश गरेका हुन् । नेपाल मजदुृर किसान पार्टी जनताको आदेश पालना गरेर संसद्मा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्दै छ ।” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालभन्दा सानो प्रजग कोरियामा शिक्षा, स्वास्थ्यमा शुल्क लाग्दैन । त्यहाँ निजी अस्पताल, क्लिनिक, विद्यालय छैन† सबै सरकारको नियन्त्रणमा छ । कोरियाली विद्यार्थी आफ्नै भाषामा पढ्छन् । नेपालमा पनि विद्यार्थीहरूले आ–आफ्नै भाषामा पढ्न पाए राम्रो प्रगति हुनेछ । भाषाकै कारण धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । शिक्षा मन्त्रालयले विद्यालयमा स्थानीय भाषा बुझ्ने शिक्षक पठाउनुपर्छ । शिक्षकहरूले नेपाली भाषाबाहेक अन्य एक नेपाली भाषा पनि बोल्न जानेको हुनुपर्छ ।”
उहाँले नेपालका मन्त्री तथा अधिकारीहरू विदेश भ्रमणबाट फर्कँदा विदेशीको राम्रो कुरा सिकेर लागु गर्नुको सट्टा सुन किनेर फर्कने र सिंहदरबारमा बसेर आफ्नो मान्छेलाई जागिर खुवाउने, ठेकेदार पोस्नेजस्ता गलत काममा लागेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “विद्यार्थीलाई राम्रो पढाउनु शिक्षकको कर्तव्य हो । शिक्षकहरूले विद्यालय समय सकिएपछि मात्र आन्दोलन, हडताल, जनसभा गर्नुपर्छ । शिक्षकहरूले आफ्नो कर्तव्यलाई बिर्सनुहुन्न । शिक्षकले तलब र सहुलियतको लागि मात्रै काम गर्ने होइन । समाजवाद नआएसम्म जस्तोसुकै सहुलियत पनि काम छैन । क्रान्ति नभएसम्म देश उँभो नलाग्ने भएको हुँदा शिक्षकहरूले विद्यार्थीलाई क्रान्तिको कुरा सिकाउनुपर्छ । विद्यालय, विश्वविद्यालयहरूलाई क्रान्तिको वारूदखानाको रूपमा परिणत गर्नुपर्छ । भियतनामको लडाइँको बेला शिक्षकहरूले विद्यार्थीहरूलाई गुफा गुफामा बसेर अमेरिकी आक्रमणविरूद्ध लड्न सिकाएका थिए । यसर्थ नयाँ पुस्तालाई बन्दुक चलाउन सिकाउने सैनिक तालिमको पनि आवश्यकता छ ।”
“सन् १९४९ को चिनियाँ क्रान्तिपश्चात् त्यहाँका विद्यार्थीहरू कृषि पढेर अन्न उत्पादन गर्नतर्फ लागे । हाम्रा विद्यार्थीलाई पनि आत्मनिर्भर बनाउन स्थानीय पेसा सिकाएर शिक्षालाई उत्पादन श्रमसँग मिलाउनुपर्छ । एक अध्ययनले काम गर्ने विद्यार्थीहरू पढाइमा राम्रो अङ्क ल्याएर अगाडि बढेको देखाएको छ । खेलकुदले शरिर स्वस्थ बनाउँछ । हाम्रो पाठ्यक्रममा खेलकुदको विषय पनि समेट्नु जरूरी छ । विडम्बना ¤ हाम्रो देशको पाठ्यक्रम साम्राज्यवादी देशबाट नक्कल गरिएको हुँदा दलाल म्यानपावर कम्पनीमार्फत नेपाली युवालाई विदेशीको चाकरी गर्न पठाइएको छ । यसर्थ, यो पाठ्यक्रम बदल्नु पर्छ ।” अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पहाडी जिल्लामा रोपवेको विकास गर्नु राम्रो हुन्छ । नेपाल मजदुर किसान पार्टीको २०४८ सालको निर्वाचन घोषणापत्रमा रोपवे बनाउनुपर्ने विषय उल्लेख छ । तर, भारतीय विस्तारवादको दबाबका कारण सरकार सडकतर्फ मात्रै लाग्यो । सरकारमा गएका शासक र सडक बनाउने ठेकेदारहरू विदेशी दलाल छन् । सरकारको गलत नीतिकै कारण गाउँगाउँमा सडक त पुग्यो तर गाउँ रित्तै छ । सरकारले छरिएका गाउँ बस्तीलाई एक ठाउँमा समेटेर जिल्ला–जिल्लामा सन्तुलित विकास गर्नुपर्छ ।”
उहाँले नेपाली जनतासँग नागरिकतालगायत अनेक परिचय पत्र हुँदाहुँदै विदेशीको नक्कल गरेर राष्ट्रिय परिचय पत्र बनाउन सरकार लाग्दा राष्ट्रिय परिचय पत्र पैसा कमाउने मेसोमात्रै बनेको उल्लेख गर्दै राष्ट्रिय परिचय पत्र, राहदानी बनाउन ठेक्का दिँदा भ्रष्टाचार भएको र नक्कली राहदानीसमेत धेरै बनेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पुँजीवादी पार्टीहरूले हाम्रा केही साथीहरूलाई लोभलालच देखाएर आफ्नो पार्टीमा लगे । आफ्नो स्वार्थको निम्ति पार्टीलाई धोका दिएर गएकाहरूलाई सम्मान गर्नुहुन्न, घृणा गर्नुपर्छ । आफ्नो नाता, जात प¥यो भन्दैमा चुप लागेर बस्नु हुन्न ।”
अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्दै भन्नुभयो, “पुँजीवादी बन्दोबस्तमा मन्त्रीले प्रधानमन्त्रीको निर्देशनअनुसार चल्नुपर्छ । शासक दलहरू भ्रष्टाचार गर्न र पैसा खुवाउन सिकाउँछन् । शासक दलका कार्यकर्ताहरू जाँड, रक्सीजस्ता कुलतमा फसेका छन् । हाम्रा कार्यकर्ताहरू त्यस्ता विकृतिबाट बच्नुपर्छ । नेपाल मजदुर किसान पार्टी शासक दलका गलत कामको भागेदार बन्न पुँजीवादी सरकारमा जाँदैन । नेपाल मजदुर किसान पार्टीले शासक दलहरूसँग जनताको अधिकारबाहेक आफ्नो लागि कहिल्यै केही माग्दैन ।”
अध्यक्ष बिजुक्छेँले नेपालजस्तो देशलाई विश्व व्यापार सङ्गठनको सदस्य बन्नु उपयुक्त नहुने विचार राख्दै विश्व व्यापार सङ्गठनमा सदस्य बनेका देशहरूमा ‘बालीमा साँढे पसे’ जस्तै विदेशी पुँजी पसेको उल्लेख गर्नुभयो ।
विदेशी पुँजीपतिहरूले नेपालमा विद्यालय, कलेजहरू सञ्चालन गर्न पाएको कारण हाम्रा विद्यालय, कलेजहरू बन्द हुँदै गरेको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले हाम्रा शिक्षामन्त्री र बुद्धिजीवी भनाउँदाहरू विदेशीको दलाली गरेर मूर्ख बनेको बताउनुभयो ।
विदेशी शोषकहरूलाई खुला रूपले प्रवेश दिइए कुनै दिन नेपाल कङ्गाल बन्नेतर्फ पनि अध्यक्ष बिजुक्छेँले सचेत पार्नुभयो ।
दोस्रो चरणको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले भारतीय एकाधिकार पुँजीले नेपालको अर्थतन्त्र कब्जा गरेको भन्दै नेपालको पुँजीपतिवर्गलाई समेत उठ्न नदिएको विचार राख्नुभयो । उहाँले कोसी सम्झौतामा नेपाल ठगिएको उदाहरण राख्दै ९९ वर्षको लागि भारतलाई जिम्मेवारी दिएको कोसी बाँधको सम्झौतापत्रमा भारतीय पक्षले बदनियतपूर्वक १ थपेर १९९ गर्ने काम गरेको तर्क गर्नुभयो ।
उहाँले नेपालको उत्तरी सीमामा भारतीय चेकपोस्ट हटाउने सिलसिलामा भारतले नेपालमाथि नाकाबन्दी लगाएको भन्दै नेपालले चीनसँग कोदारी राजमार्गको सम्झौता गरेपछि, नेपालले केही हतियार चीनबाट ल्याउँदा र २०७२ सालमा आफ्नो संविधान घोषणा गर्दा भारतले नेपालमाथि नाकाबन्दी गरेको उदाहरण राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खड्कराज शाहीले नेमकिपाका कार्यकर्ताले अनुशासित भएर गतिविधिमा लाग्ने विश्वास व्यक्त गर्दै नेमकिपाले कामदारवर्गलाई शासन सत्तामा पु¥याउने उद्देश्य राखेको भनाइ राख्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य प्रकाश गुरूङले समाजवादी शिक्षाले मात्र कामदारवर्गका जनताको लेखपढको अधिकार सुनिश्चित हुने बताउनुभयो । विद्यार्थीलाई विशेषज्ञ हुने उद्देश्यसाथ अध्ययनमा लाग्न उहाँले सुझाव दिनुभयो ।
नेमकिपा, जुम्लाका कार्यबाहक अध्यक्ष राजेश्वर देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा कर्णाली प्रदेश सदस्य हस्त कुँवर, सदस्य लालबहादुर बोहराले पनि मन्तव्य राख्नुभएको थियो ।
Leave a Reply