भर्खरै :

देश र जनताको सेवाको निम्ति शैक्षिक गन्तव्य छनोट गर्नुपर्ने

देश र जनताको सेवाको निम्ति शैक्षिक गन्तव्य छनोट गर्नुपर्ने

जुम्ला, ३ वैशाख । जुम्लाको खलङ्गा बजारमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जुम्लाको आयोजनामा विद्यार्थी भेला सम्पन्न भयो । भेलामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले विद्यार्थी सङ्गठनको परिचयसँगै सङ्गठनको आवश्यकताबारे प्रस्ट पार्नुभयो । नेक्राविसङ्घले गर्दै आएको र गर्नुपर्ने गतिविधिको विषयमा पनि बताउनुभयो । देश र जनताको सेवाको निम्ति शैक्षिक गन्तव्य छनोट गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
विद्यार्थीले मेहनत गरेर पढ्नुपर्छ । आफ्ना पढाइबाहेक विद्यार्थी हकहित र अन्य गतिविधिमा सहभागी हुनुपर्ने नेक्राविसङ्घका सदस्य सुजी ह्यंगोजुले बताउनुभयो । उक्त भेलाले सुस्मा बोहोराको अध्यक्षतामा ११ सदस्यीय नेक्राविसङ्घ पातारासी गाउँ समिति, अन्जना बिष्टको अध्यक्षतामा ९ सदस्यीय नेक्राविसङ्घ तातोपानी गाउँ समिति र बिस्ने नेपालीको अध्यक्षतामा ९ सदस्यीय नेक्राविसङ्घ चन्दननाथ नगर समिति गठन ग¥यो ।
त्यस्तै सिंजा गाउँपालिकाको नराकोटमा वैशाख २ गते विद्यार्थी भेला सम्पन्न भयो । भेलाले विशाल बुढाको अध्यक्षतामा ११ सदस्यीय नेक्राविसङ्घ सिंजा गाउँ समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *