यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ५ वैशाख । प्रभात इङ्गलिश सेकेन्डरी स्कूलको शैक्षिक वर्ष–२०८२ शुभारम्भको अवसरमा शुक्रबार शिक्षक अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सङ्घीय सांसद प्रेम सुवालले हरेक शिक्षकहरू नयाँ नयाँ पुस्तकहरू अध्ययन गरी थप जाँगरिलो भई अध्यापन गर्दा विद्यार्थीहरूले बढी ज्ञान पाउने, देशप्रेमी नागरिक तयार हुने बताउँदै प्रजग कोरियाका जनताले देश जोगाउन आधा मात्र सुतेर पनि काम गरेको उदाहरण छन् भन्नुभयो ।
“हामीले पढेको ज्ञान सबैलाई निसङ्कोच बाँडनुपर्छ, शिक्षकहरूलाई विभिन्न तालिमहरूमा सहभागी गर्नुपर्छ, सक्षम बनाउने विषयमा अलिकति पनि कञ्जुस्याइँ गर्नुहुन्न”, उहाँले भन्नुभयो ।
“हामीले समाज र राष्ट्रलाई राम्रो प्रभाव छोड्ने हो । त्यसको लागि हामीले समाजमा असल, योग्य, सक्षम, समाजसेवी नागरिक तयार गर्नुपर्छ । समय अनुसारको शिक्षण विधि अपनाएर पढाउन सके समय सान्दर्भिक हुन्छ”, उहाँले भन्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूमा ‘एआई’ जस्ता आधुनिक प्रविधिको प्रयोग गरी आफ्ना शोध तथा प्रतिवेदन तयार गर्दा गुणस्तरीय जनशक्ति तयार नहुने भएकोले यस्तो किसिमको शिक्षालाई प्राथमिकता दिन नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “इन्जिनियरिङ शिक्षा प्राप्तिको लागि गणित, विज्ञान र अङ्ग्रेजी विषयमा अब्बल हुनुपर्ने भएकोले यसतर्फ शिक्षकहरूले ध्यान दिनु जरुरी छ ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मीभक्त बासुकलाले बालबालिकाका निम्ति शिक्षकहरू ‘भगवान’ सरह हुने भएकाले शिक्षकहरूले आफूलाई नमुना (मोडल) को रूपमा कक्षामा प्रस्तुत गर्नु जरुरी छ भन्नुभयो ।
विद्यालयका प्राचार्य वदनकेशरी प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवा, टीना सिह, अनिता देशेमरू, सुजाता ध्वोजु, मीरा दुगुजुु, स्वर्णिमा मूललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नयाँ शिक्षक शिक्षिकाहरूले परिचय दिनुका साथै तहगत इन्चार्जहरूले विगत वर्षको अनुभवका साथै नयाँ वर्षका योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।
Leave a Reply