अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सच्चा कम्युनिस्ट पार्टीका नेताहरू समाजवादी क्रान्तिको निम्ति सङ्घर्ष गर्छन्; सङ्घर्ष गर्न जनतालाई राजनीतिक, वैचारिक र सांस्कृतिक रूपले सुसूचित पार्छन् । समाजवादी क्रान्ति संसदीय निर्वाचनबाट सम्भव छैन या पुँजीवादी बन्दोबस्तको निर्वाचनमा भाग लिएर कम्युनिस्ट पार्टीले बहुमत ल्याए पनि समाजवादी क्रान्ति हुँदैन । आफूलाई कम्युनिस्ट दाबी गर्ने एकथरी कम्युनिस्ट पार्टीका नेताहरू बेलाबखत कम्युनिस्ट पार्टीको एकताको कुरा गर्छन् । कम्युनिस्ट पार्टी एक भएर निर्वाचनमा लडेर पुँजीवादी पार्टीलाई हराएर कम्युनिस्ट पार्टीले शासन गर्न पाउँछ; अनि मुलुकमा आर्थिक, सामाजिक रूपान्तरण र विकास गरेर समाजवादी क्रान्ति सफल हुने उनीहरू विश्वास गर्छन् । यो खोटपूर्ण विचार हो । पुँजीवादी बन्दोबस्तको निर्वाचनमा कम्युनिस्ट पार्टीले बहुमत ल्याएर समाजवादी क्रान्ति हुने होइन; बहुमत जनताको पक्षमा शासन चल्ने होइन ।
यदि यो कुरो सत्य हुँदो हो त एक समय कम्युनिस्ट भनिने घटकहरू निर्वाचनमा मिलेर झन्डै दुईतिहाइको सरकार बनेको थियो । त्यसबेला बनेको सरकारले देशमा आमूल परिवर्तन ल्याउनुपथ्र्यो । बहुमत जनताको हित या सेवामा ऐन कानुन ल्याउनुपथ्र्यो । तर, कामदारवर्गको पक्षमा त्यस्तो कुनै ऐन कानुन ल्याइएन; उनीहरूको सेवा हुने कुनै मौलिक परिवर्तन भएन । बरु कम्युनिस्ट घटकका नेताहरूबिच पदको होडबाजी चल्यो; पदको निम्ति खुट्टा तानातान भयो; आ–आफ्नो छुट्टाछुट्टै पार्टी प्रतिवेदन प्रस्तुत गरियो । पुष्पकमल र केपी ओलीबिचको विवाद चरमोत्कर्षमा पुग्यो । अन्ततः पार्टी नै टुक्रियो । एउटा पार्टी तीन टुक्रामा विभाजित भयो । अतः कम्युनिस्ट पार्टीबिच एकीकरण भएर मुलुकमा समाजवाद स्थापना हुने होइन; कम्युनिस्ट पार्टीले निर्वाचनमा बहुमत पाएर समाजवादी क्रान्ति हुने होइन ।
कम्युनिस्ट पार्टीबिच एकता हुनु नराम्रो होइनः एकता ठिकै हो भन्ने पनि लाग्छ । एकता हुँदा तुलनात्मक रूपमा पहिलेभन्दा दल ठुलोजस्तो देखिन्छ । तर, एकता हुँदैमा दल सृदृढ हुन्छ ; कम्युनिस्ट पार्टी बलियो हुन्छ; कम्युनिस्ट आन्दोलन अघि बढ्छ भन्ने होइन । सैद्धान्तिक र वैचारिक पक्ष नमिलिकन कम्युनिस्ट पार्टी एक भए पनि बलियो हुँदैन; सृदृढ हुँदैन; समाजवादी क्रान्तिको निम्ति कम्युनिस्ट पार्टी अघि बढ्दैन । आफूलाई कम्युनिस्ट भनिने पार्टीका नेताहरूको मार्गदर्शक सिद्धान्त माक्र्सवाद– लेनिनवाद दाबी गर्छन् । तर, माक्र्सवादी – लेनिनवादी मान्यताअनुसार उनीहरू राजनीति गर्दैनन् । उनीहरू आफूलाई माक्र्सवादी – लेनिनवादी भन्न लजाउँछन् । अनि उनीहरू नै कम्युनिस्ट एक हुनुप¥यो; एकता भएर निर्वाचनमा लड्नुप¥यो भनी फुक्छन् । कम्युनिस्ट घटकबिच मिल्नुप¥यो पनि भन्ने अनि धोका दिने पनि उनीहरू नै हुन् । अतः कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य आवश्यक छ भनेर हवाला मात्र दिने होइन । कम्युनिस्ट भनिने सबै दलले कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउनुपर्छ† कम्युनिस्ट विचारबाट बहुमत जनतालाई सुसूचित पार्नुपर्छ । नेमकिपाले झैँ सबै दलले आ–आफ्नो स्थानबाट जनतालाई सचेत र सङ्गठित पार्ने काम गर्नुपर्छ । माक्र्सवाद लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई नेपालको माटो सुहाउँदो या देश, काल र परिस्थितिअनुसार लागु गर्न अघि बढ्नुपर्छ ।
समाजवादी क्रान्तिको लागि समाजवादी आन्दोलन या समाजवादी विचार जनताको घर आँगनमा पु¥याउनुपर्छ । कम्युनिस्टबिच जसरी भए पनि एकता आवश्यक छ भनी कसैले कसैलाई दबाब दिनुभन्दा सबैले साँच्चै कम्युनिस्ट भएर राजनीति गर्नुपर्छ; राजनीति गरेर आमूल परिवर्तनको निम्ति जनतालाई जागृत या आन्दोलित बनाउनुपर्छ । जनतालाई सचेत नबनाइकन देशमा कसरी समाजवादी क्रान्ति हुन्छ ? देश र जनताप्रति समर्पित भएर कम्युनिस्ट आन्दोलन अघि बढाएमा त्यो परिवर्तनको निम्ति पूर्वाधार बन्छ । हो, समाजवादी क्रान्तिको समयमा सच्चा कम्युनिस्ट पार्टी एक हुनुपर्ने आधार बन्छ र एक पनि हुन्छ । कम्युनिस्टको नाउँमा कम्युनिस्ट पार्टीकै सिद्धान्त र विचारमाथि कुल्चेर या सिद्धान्त र विचारलाई थाती राखेर पुँजीवादी राजनीति गर्छ; सत्ताको निम्ति पुँजीवादी दलसँग साँठगाँठ गर्न, निर्वाचनमा गठबन्धन गर्छ भने कम्युनिस्ट पार्टीबिच कसरी एकता हुन्छ ? कम्युनिस्ट पार्टीहरू कसरी मिल्छन् ? सिद्धान्तहीन एकताभन्दा फूट झन् राम्रो त्यसै भनिएको होइन ।
निरङ्कुश राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र स्थापना भयो । गणतन्त्रलाई स्थापित गर्दै थप अधिकारको निम्ति जुट्नुपर्ने शासक दलका नेताहरू सत्ताको चक्करमा फसे; भागबन्डामा लागे । शासकहरूको गतिविधिले गणतन्त्रकै बदनाम भयो । देशमा विधिको शासन चलाउन सरकार असमर्थ भयो । शासकहरूको बदनाम भयो । भ्रष्टाचार र अनियमिततामा स्थानीय तहका जनप्रतिनिधिहरू मात्र होइन सांसद, मन्त्री र नेताहरू नै फसे । के देशमा वामपन्थी शक्तिको एकता सरकारको नेतृत्व गरेर अनियमितता र भ्रष्टाचार गर्न हो ? पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कमाउन हो ? अतः सबैले आ–आफ्नो स्थानबाट कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याएर जनतालाई सचेत र सङ्गठित बनाऔँ । आमूल परिवर्तनको निम्ति देशका सबै सच्चा कम्युनिस्ट पार्टीहरू आखिर मिल्नैपर्छ ।
Leave a Reply