भर्खरै :

स्थानीय सरकारलाई कर तिर्नु नगरवासीको दायित्व

स्थानीय सरकारलाई कर तिर्नु नगरवासीको दायित्व

तपाईँको लोकप्रिय ‘मजदुर’ दैनिकमार्फत नगरपालिकाबारे जानकारी गराउने कोशिश गर्दछु ।
आफ्नो आम्दानीअनुसार स्थानीय सरकारलाई कर तिर्नु नगरवासीको कर्तव्य र दायित्व हो । केही उद्योगी–व्यापारीहरूले आफूले तिर्नुपर्ने घरजग्गा सम्पत्ति कर तिर्नुपर्दा कमभन्दा कम कर तिर्ने कोशिश विगतदेखि नै गरिरहेका छन् । यस काममा कर शाखाकै अधिकारी र कर्मचारी संलग्न हुन्छन् भन्दा पत्याउन गा¥हो होला । ती अधिकारीले वडा कार्यालयका कर्मचारीलाई फोन गरी कर कम गर्ने उपाय बताउने गरेको र कर कम गर्न दबाब दिने गरेको हल्ला सत्य नहुन सक्छ ।
ठुला उद्योगी–व्यापारीहरूले आफूअनुकूल कानुनमा संशोधन गर्न लगाई करमा छुट लिएका घटना नभएका होइनन् । नगरपालिकामा यस्तो नहोस् भन्ने जनताको चाहना हो । वडामा भएको हल्ला किन पनि सत्य हुनसक्छ भने ती अधिकारी अडितको समेत काम गर्ने भएकोले ती उद्योगी–व्यापारीका व्यवसायको अडितको काममा संलग्न भएको हुनुपर्छ । उनैले दिएको नजरानाको प्रभावले नगरपालिकालाई घाटा हुने काममा लागेको आशङ्का हुनु स्वाभाविक नहोला । अझ रोचक पक्ष त के हो भने कर शाखाका एक कर्मचारी ती नै उद्योगी–व्यापारीका नातेदार भएकोले पनि वडामा चलेको हल्ला सत्य नै हुनुपर्छ ।
वडामा चलेको हल्ला के मेयरको कानसम्म नपुगेको हो र ? पुगे पनि प्रमाण फेला नपरेर कारबाही नगरेको हो कि ? त्यस्ता अधिकारी र कर्मचारीलाई कारबाही भएको समाचार जनताले कहिले सुन्न पाउने ?
विगतमा मध्यपुर थिमि नगरपालिकाको सफ्टवेयर बिगारेर कर्मचारीकै संलग्नतामा कर छली गरेको समाचार धेरै वर्षपछि मात्र आएको थियो । होइन भने नगरपालिकालाई नोक्सान पु¥याउने कर्मचारीलाई किन सचेत नगराएको ? जनता जान्न चाहन्छन् ।

तपाईँको नियमित पाठक
पुनम

Leave a Reply

Your email address will not be published. Required fields are marked *