नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
आरएसएसले हिन्दुत्व प्रवद्र्धनमात्र नभई मुसलमानविरुद्ध भय र आक्रोश सिर्जना गरी ध्रुवीकरणको रणनीति पनि अपनाएको छ ।
सन् १९२५ मा केशव बलिराम हेडगेवारले राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) स्थापना गरेका थिए, जसलाई उनले ‘हिन्दू राष्ट्रको लघुरूप’ का रूपमा कल्पना गरेका थिए । सय वर्षपछि आरएसएस एक विशाल संस्था बनेको छ, जसका ७३ हजार एक सय १७ शाखा छन्, जसले ४५ हजार ६ सय स्थानमा उपस्थिति जनाएको छ । यसका सहयोगी सङ्गठनलाई समष्टिमा ‘सङ्घ परिवार’ भनिन्छ । यी समाजका विभिन्न क्षेत्रमा फैलिएका छन् ।
विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद्ले ४५ लाख सदस्य भएको दाबी गर्छ । मजदुर सङ्गठन भारतीय मजदुर सङ्घ देशकै सबैभन्दा ठुलो ट्रेड युनियन बनेको छ, जसका एक करोड सदस्य छन् र भारतीय किसान सङ्घसँग १० लाख सदस्य छन् । आरएसएसको विद्या भारतीले १४ हजार विद्यालय सञ्चालन गरिरहेका छन्, जहाँ ७३ हजार शिक्षकले ३२ लाख विद्यार्थीलाई अध्यापन गराउँदै आएका छन् ।
सङ्घ परिवारले पछिल्ला वर्षमा नयाँ सामाजिकवर्गमा पनि पहुँच बनाएको छ । सन् १९९२ मा यसले वकिलका लागि अखिल भारतीय अधिवक्ता परिषद् गठन ग¥यो, जुन अहिले भारतभर सबैभन्दा ठुलो कानुनी सङ्गठन भएको दाबी गरिएको छ । सन् २००१ मा आरएसएसले पूर्वसैनिकका लागि अखिल भारतीय पूर्वसैनिक सेवा परिषद् स्थापना ग¥यो, जसलाई सङ्घले ‘आरक्षित सेना’ का रूपमा अगाडि बढायो ।
आरएसएसले समाजका धेरै क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेर भित्री रूपमा प्रभाव जमाउने प्रयास गर्दै आएको छ । सङ्घ परिवारको एकता मुख्यतः आरएसएसको साझा प्रशिक्षण र विचारधाराबाट आउँछ र यसलाई जिल्लास्तर र राज्यस्तरमा समन्वय समितिमार्फत कायम राखिन्छ । राष्ट्रियस्तरमा वार्षिक अखिल भारतीय प्रतिनिधिसभामा बैठक हुन्छन्, यद्यपि यसको प्रभावकारिता भने केही घटेको देखिन्छ । आरएसएसको विस्तारका पछाडि हिन्दुत्व प्रवद्र्धनमात्र छैन, यसको विकासले मुसलमान समुदायविरुद्ध भय र आक्रोश सिर्जना गरेर हिन्दू समुदायलाई ध्रुवीकृत गर्ने रणनीति पनि समेटेको छ । यो रणनीति तेस्रो सरसङ्घ चालक (प्रमुख) बालासाहेब देवरसको पालामा बलियो बन्यो, जब उनले १९७९–८० मा जनता पार्टी विघटनपछि आरएसएसले राजनीतिक बहुमतबिना आफ्नो एजेन्डा कार्यान्वयन गर्न नसक्ने ठानेर ‘हिन्दू भोट बैङ्क’ निर्माणको बाटो रोजे । यसले राम मन्दिर आन्दोलनजस्ता ठुला हिन्दू परिचालन निम्त्यायो ।
यस क्रममा आरएसएसले साम्प्रदायिक हिंसाका काम बजरङ्ग दलजस्ता नयाँ समूहलाई ‘करार’ गरेर सुम्पियो, जसले आरएसएसको सार्वजनिक छविलाई सफा देखाउने प्रयास ग¥यो । तर, सन् २०१४ पछि यस ‘सम्मानजनक’ आवरणभित्रको इस्लामद्वेषी हिन्दूत्व खुलेरै देखा पर्न थाल्यो । तथाकथित ‘लभ जिहाद’ को विरोध, गोरक्षा, जबरजस्ती घरवापसी (मुसलमानको हिन्दूकरण), बढ्दो भिडको हिंसा, डोजर आतङ्क र दङ्गा अब सामान्यजस्तै बनिसकेका छन् । भारतीय जनता पार्टी (भाजपा) लाई सत्तामा पु¥याउन सहयोग गरेपछि आरएसएसले राजनीतिक क्षेत्रमा आफ्नो प्रभाव गुमाएको छ । उसो त आरएसएसले पार्टीलाई प्रत्यक्षरूपमा नचलाए पनि सन् २०१४ सम्म नागपुरस्थित आरएसएसले भाजपाको रणनीति र उम्मेदवार चयनमा महत्वपूर्ण भूमिका खेल्थ्यो । तर, यो अवस्था नरेन्द्र मोदीको उदयपछि परिवर्तन भयो । गुजरातका मुख्यमन्त्री बनेपछि मोदीले आरएसएससँगको दूरी बढाउँदै गए । अन्य हिन्दूत्ववादी नेता आरएसएसबाट टाढिएर उभिन सकेका थिएनन्, तर मोदीले सामाजिक सञ्जाल, यात्रा, होलोग्राम र टेलिभिजनमार्फत आफ्नै सशक्त आधार निर्माण गरे र सन् २००७ मै सङ्घ परिवारलाई बाइपास गर्ने अवस्था बनाए ।
मोदीको लोकप्रियताका कारण विशेषतः आरएसएसका युवा स्वयंसेवक उनलाई समर्थन गर्न बाध्य भए । तर, सङ्घ परिवारभित्रको यो शक्ति सन्तुलन स्थायी हो कि होइन भन्ने अझै अनिश्चित छ । मोदीको युगपछि नागपुरले फेरि भाजपासम्बन्धी मामिलामा निर्णायक भूमिका खेल्न सक्ला ? यो त भविष्यले नै देखाउनेछ ।
आरएसएस नेतृत्वमा रहेको हिन्दूत्ववादी वातावरणले अब त्यो नैतिक अधिकार गुमाइसकेको देखिन्छ, जसलाई यसका नेताले जयप्रकाश आन्दोलन वा सङ्कटकालविरोधी सङ्घर्षका दौरान आर्जन गरेका थिए । नानाजी देशमुख, डीपी ठेङ्गडी र कुषाभाउ ठाक्रेजस्ता नेता सादगी, त्याग र विचारप्रति समर्पणका प्रतीक मानिन्थे, जसले ‘भिन्न सोचको पार्टी’ का रूपमा भाजपाको पहिचान बनाउन सहयोग ग¥यो । उनीहरूको प्रभाव विचारधाराबाट मात्र नभई व्यक्तिगत त्याग र सरल जीवनशैलीबाट पनि आएको थियो ।
आजको सङ्घ परिवारका नेता यस्ता आदर्श पूरा गर्दैनन् । मोदी सरकारले अघि बढाएको राजनीतिक–आर्थिक मोडेल ठ्याक्कै यो आदर्शविपरीत देखिन्छ । यो मोडेलले साना उद्योगलाई विस्थापित गर्दै केही उद्योगपतिलाई फाइदा पु¥याएको छ, जसलाई १९६० को दशकमा दीनदयाल उपाध्यायले नेहरूवादी विकास मोडलविरुद्ध जोगाउन खोजेका थिए ।
आरएसएसको रूपान्तरण आंशिकरूपमा समय र समाजको परिवर्तनसँगै अवश्यम्भावी थियो । सन् १९२० को दशकदेखि सन् १९९० पछि अत्यधिक परिवर्तन भएको भारतीय समाजमा टिक्न संस्थाले आफूलाई अनुकूल बनाउनुप¥यो । सत्ता प्राप्तिसँगै सङ्गठनमा भ्रष्टाचार प्रवेश गर्नु स्वाभाविक थियो, अर्थात् ‘सत्ताले भ्रष्ट बनाउँछ र निरङ्कुश सत्ताले पूर्णरूपमा भ्रष्ट बनाउँछ ।’ तथापि, आरएसएसको निरन्तरता अझै बलियो छ । शाखा प्रणाली अझै यसको मूल कार्यप्रणाली हो र हिन्दू राष्ट्र निर्माणको मूल उद्देश्य आज पनि उस्तै छ । त्यस अर्थमा आरएसएस आफैँमा खासै परिवर्तन भएको छैन, बरु यसले भारतलाई परिवर्तन गरिदिएको छ, जहाँ महात्मा गान्धी र जवाहरलाल नेहरूको विरासतका आधारलाई भत्काइएको छ ।
(जेफ्रेलो सेरी–साइन्सेसपो/सिएनआरएसका अनुसन्धान निर्देशक तथा किंस कलेज लन्डनमा भारतीय राजनीति र समाजशास्त्रका प्राध्यापक हुन्)
– द न्यु इन्डियन एक्सप्रेसबाट
Leave a Reply