भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
(विश्व सम्पदा दिवस, २०८२ को अवसरमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले वास्तुकलाका प्रवृत्ति र सम्पदासम्बन्धी चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा वैशाख १५ गते व्यक्त मन्तव्य)
वास्तुकलाका विविध धाराहरू र विश्व सम्पदाका विषयहरूमा छलफल गर्ने सुखद अवसरको रूपमा भेला हुँदै छौँ ।
वास्तुकलाबारे चिन्तन गर्दा एउटै भूगोलको परिवेशमा फरक–फरक युगमा मानव जातिले नयाँ–नयाँ भौतिक प्रगति र अमूर्त कलाको पनि विकासमा योगदान पु¥याइरहेकै छन् ।
मूर्त कलाले भौतिक प्रगतिको प्रतिनिधित्व गर्छ भने अमूर्त कलाले विश्वको मानव जातिको मन र मस्तिष्कको अत्यन्त कोमल भावनाको अभिव्यक्ति प्रस्तुत गर्छ ।
मूर्त कला र सम्पदाले हरेक क्षेत्र र तत् क्षेत्रका भौतिक प्रगतिको प्रदर्शन र परिचय प्रस्तुत गर्ने अवसर पाउनुका साथै विश्व मानव जाति र सभ्यतामा आ–आफ्नो योगदानलाई उजिल्याउने अवसर प्राप्त गर्छ । त्यसैगरी, समाजको नाचगान, चित्रकला तथा पहिरन एवम् शृङ्गारका वस्तुहरूले मानवीय भावना, सन्तोष र गौरवको अभिव्यक्ति प्रकाश पार्ने अवसर मिल्छ ।
नवदुर्गा नाच, भैरव नाच र देवी नाचले प्राचीन मानव समाजको भित्री मनलाई स्पन्दित गर्छ भने बाजागाजाले हरेक पात्रहरूको प्रतीकात्मक र साङ्केतिक अभिव्यक्तिमार्फत मानव मनलाई आल्हादित गर्छ ।
हाम्रा सबै प्रकारका रीतिरिवाजलाई अध्ययन गर्दा फल र फूलको प्रतिनिधित्व गर्ने सुपारीले माइतीको कर्तव्यको ठाउँमा पराइ घरको कर्तव्यको बोध गराउँछ । नवदुर्गा नाचले परिवारका छोरीदेखि सासूसम्मको कर्तव्यलाई इङ्गित गर्छ । थरीथरीका सङ्गीतले समाज र स्रोताहरूको हृदयलाई झङ्कृत गर्दै शब्द सन्देश पु¥याउँछन् ।
सम्पदाको नयाँ–नयाँ प्रविधि र विज्ञानको प्रयोगले चामत्कारिक उपलब्धि हासिल हुने विषयमा दुईमत नहोला ¤ त्यस्तै, मानिसको तार्किक चिन्तनले प्रगतिमा सहयोग पु¥याउनेछ ।
“प्राचीन सम्पदाले वर्तमान नेपालको गौरव र अर्थतन्त्रलाई सहयोग पु¥याउनेछ र देशविदेशका नयाँ प्रविधि एवम् विज्ञानले आकाशका ताराहरूलाई रात्री उत्सवहरूमा हाम्रै धर्तीमा जगमगाउनेछ ।
हाम्रो प्राचीन मूर्त र अमूर्त सम्पदा कला एवम् संस्कृति नै हाम्रो पहिचान हो† हाम्रो गौरव र जीवन्तता पनि त्यसैमा अन्तरनिहित छ ।
युनेस्को पश्चिमी देशहरूको प्रभाव भएको संस्था हो । अन्तर्राष्ट्रिय दबाब आउने हुँदा उपनिवेशको समयमा उपनिवेशीहरूले बनाएका भवनहरू भत्काउँदैनन् । हाम्रै देशको हनुमानढोकामा रहेको सेतो भवनको पुनःनिर्माण गर्दा त्यसमा बेलायतको ठाउँमा अमेरिकाको झन्डाको सङ्केत राखिएको छ । पहिले त्यो बेलायतले बनाएको हुँदा त्यहाँ बेलायती झन्डा अङ्कित थियो । उपनिवेशकालमा अरू देशमा बनाइएका भवनहरूलाई पनि उपनिवेशवादीहरू यथावत राख्न चाहन्छन् । त्यसको कारण हो, अहिलेसम्म साम्राज्यवादी वा पश्चिमी देशहरूले आफूले साम्राज्य जमाएका र उपनिवेश बनाएका देशहरूमाथि ‘हाम्रो हैकम थियो है’ भनेर संस्मरणका सङ्केतहरू राखिएका हुन् । ती देशहरूमा आक्रमण र विध्वंस गर्नुमा उनीहरू दुःखमनाउ गर्दैनन्† गौरव गर्छन्† देशभक्तहरूले त्यसलाई अपराधको रूपमा हेर्छन् ।
त्यसकारण, यी सबै विषयमा विद्यार्थी भाइबहिनीहरूलाई बताएन भने साम्राज्यवादी संस्कारहरूबाट हाम्रो नयाँ पुस्ता पनि मुक्त हुनेछैनन् । नयाँ परिवेशमा पनि आउन नसक्ने† पुराना कुरा पनि छोड्न नसक्ने नेपालका सरकारहरूलाई समयले नै सिकाउनेछ ।
अहिले संसारमा विज्ञान र प्रविधिमार्फत वास्तुकला र विज्ञानमा भएका नयाँ–नयाँ साधन र प्रगतिलाई अस्वीकार गर्ने होइन । तर, पुराना कुरालाई संरक्षण गरी जोगाएन भने भविष्यमा धेरै अप्ठ्याराहरूको सामना गर्नुपर्नेछ । हिजो के भएको थियो आज सङ्ग्रहालयहरूमा गएर हेर्न–बुझ्ने गर्छन् । इतिहास नबुझ्ने हो भने भविष्यको विषयमा पनि मानिसले सोच्न सक्दैन । यदि डार्बिनले हाडखोरहरू जम्मा नगरेका भए आफ्नो सिद्धान्तलाई अगाडि बढाउन सक्ने थिएनन् ।
मानव समाजको विषयमा नेपाल र नेपाली जनताले गरेका योगदानको रूपमा प्रस्तुत सम्पदाहरूलाई जोगाउन सकिएन भने देशको गौरव गर्ने प्रमाणहरूसमेत प्रस्तुत गर्नसक्ने छैनन् । आजसम्म पढ्दै र पढाउँदै आएको इतिहास पनि पुनःलेखन र पुनःविश्लेषण आवश्यक भएको बारे बरोबर छलफल हुँदै छ । महत्वपूर्ण पदमा बस्ने व्यक्तित्वहरूले यसबारे आफ्नो जाँगर र सचेतता नदेखाएसम्म अगाडि बढ्ने काम पनि पछि पर्नेछ ।
पुराना संरचनाहरूको मर्मत र सम्भार गर्न तथा पुनःनिर्माण गर्न पनि नेपाली सामग्रीहरूको खोजी र अनुसन्धान गर्न ढीलो हुने सम्भावना छ । त्यसबारे देशका महाविद्यालय र विश्व विद्यालयहरूले नै अगुवाइ गर्नु उपयुक्त हुनेछ भन्ने भावना जनतामा व्यापक छ ।
यसको निम्ति विभिन्न प्रकारका काठ–पात, माटो, इँटा, ढुङ्गा र विविध निर्माण सामग्रीहरूको गुण–दोष, दिगोपना, पछि पनि उपलब्ध हुने सम्भावना आदिबारे सचेत हुनुपर्नेछ ।
आज नगरपालिकाका प्राविधिकहरूले नेपाली सामग्रीहरूको दिगोपना र क्षमताबारे वैज्ञानिक र अनुसन्धानका कुनै प्रामाणिक दस्ताबेजहरू नहुँदा ऐन–कानुनबाट आफूहरू जोगिन विदेशी फलामे छड–सिमेन्ट आदि सामग्रीहरूमात्र प्रयोग गर्न सिफारिस गर्छन् ।
त्यस प्रवृत्तिले नेपाली सामग्रीहरूप्रति उपेक्षा र विदेशी वस्तुमाथि नै भरपर्ने प्रवृत्ति र आर्थिकरूपले देशलाई पनि कमजोर पार्ने हुँदा नेपालले यस क्षेत्रको निम्ति आवश्यक सामग्रीको अनुसन्धानलाई ढिलो गर्न नहुनेबारे व्यापक चिन्ता बढ्नु स्वाभाविक छ ।
यस सतत र दुर्लभ कार्यक्रममा सहभागी मित्रहरूको सुन्दर र जानकारीमूलक अभिव्यक्तिप्रति मानव मनलाई मुग्ध तुल्याउने विषयको रूपमा हामी सबै सहमत हुनेछौँ । यस्तो गरिमामय कार्यक्रममा आफ्ना मनको कुनामा लुकेका केही भावनालाई फुकाउने अवसर प्राप्त गराउने यस कार्यक्रमका आयोजक संस्था र साथीहरूलाई धन्यवाद दिन चाहन्छु ।
Leave a Reply