भर्खरै :

राजनीति राम्रो भए अरू क्षेत्र पनि राम्रो हुने

राजनीति राम्रो भए अरू क्षेत्र पनि राम्रो हुने

कैलाली, १६ वैशाख । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजना तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा लम्किचुहा नगरपालिका वडा नं.८ बचैलामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा सुदूरपश्चिम प्रदेश सचिव तथा कैलाली अध्यक्ष रमेशकुमार रावलले राजनीति भनेको सबै नीतिको नीति भएको धारणा राख्दै राजनीति राम्रो भएमात्र अरू क्षेत्र पनि राम्रो हुने बताउनुभयो ।
अहिलेको शासन व्यवस्था पुँजीवादी भएको र पुँजीवादी व्यवस्थामा कामदार जनताको भविष्य राम्रो नहुने भएकोले कामदार जनताको हितको लागि समाजवादी व्यवस्था स्थापना गर्नु अनिवार्य छ, उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको इतिहासबारे जानकारी दिँदै उहाँले मजदुर आन्दोलनको उपलब्धिको रूपमा ८ घण्टा कार्य समय तोकिएको बताउनुभयो ।
नेक्राविसङ्घ कैलाली अध्यक्ष एचबीले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले निःशुल्क अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा व्यवस्थाको निमित्त सङ्घर्ष गर्दै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *