सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

भक्तपुर, २० वैशाख । भक्तपुर नगरपालिका १० नं वडा कार्यालयको आयोजनामा महिला पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी स्वास्थ्य शिविरको उद्घाटन समारोह भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरभित्र हिँडेर दस मिनेटमा स्वास्थ्य उपचार प्राप्त हुने स्थानको रूपमा विकास गरिरहेको बताउँदै तीस वर्षअगाडि एक जना डाक्टर र एकजना नर्सबाट सुरु गरेको जनस्वास्थ्य केन्द्रबाट सय बेडको ख्वप अस्पताल निर्माण भएको बताउँदै काम गर्दा बाधा अड्चन दिने र सहयोग गर्ने दुईखाले बुद्धिजीवी र साधारण मानिसहरू हुने बताउनुभयो । उहाँले पहिला खेतबारीको सागसब्जी खाने भएकोले नसर्ने क्यान्सरजस्ता रोगहरू नदेखिएको तर अहिले भारतबाट आउने विषादी भएको तरकारीका कारण क्यान्सर रोगहरू निम्तिएको बताउनुभयो ।
उहाँले स्वास्थ्य क्षेत्रका माफिया डाक्टरहरूले विदेशमा उपचारको लागि रिफर गर्ने गरेको बताउँदै सरकारले ख्वप अस्पतालको स्वास्थ्य बीमाको करोडौँ रकम भुक्तानी नदिएको बताउनुभयो ।
उहाँले ख्वप अस्पतालमा केही महिनापछि सिटिस्क्यानको सेवा उपलब्ध हुने बताउनुभयो । उहाँले घरदैलो नर्सिङ सेवाले नगरवासीहरूको सुझाव सङ्कलन गरी योजना बनाउन आधार तयार हुने भएकोले सत्यतथ्य कुरा बताई सहयोग गर्न अनुरोध गर्नुभयो । उहाँले जनताको सहयोगले अक्सिजन प्लान्ट स्थापना गर्न सफल भएकोले निःशुल्क अक्सिजन प्रदान गरिरहेको बताउनुभयो ।
वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. सृजा किसी, वडा सदस्य जितेन्द्र मुनंकर्मी र तारादेवी शाक्य, ओमकारेश्वर सेवा समितिका अध्यक्ष मदनबहादुर थापाले पनि बोल्नुभएको थियो । स्वास्थ्य परीक्षणमा १३७ जना महिला दिदीबहिनीहरूले सेवा पाएका थिए ।
Leave a Reply