चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, २२ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका स्नातक तहका इन्जिनियरिङ कार्यक्रमहरूलाई नेपाल इन्जिनियरिङ परिषद् (NEC) ले स्थायी मान्यता प्रदान गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ख्वप इन्जिनियरिङ कलेजले सञ्चालन गर्दै आएको सिभिल (९६), इलेक्ट्रोनिक्स, कम्युनिकेसन तथा अटोमेसन (४८), कम्प्युटर इन्जिनियरिङ (४८) र आर्किटेक्चर (४८) कार्यक्रमलाई स्थायी मान्यता दिइएको हो । परिषद्को संस्थागत मूल्याङ्कनमा ख्वप इन्जिनियरिङ कलेजले ८३.७५ अङ्क प्राप्त गरेको छ । यो मूल्याङ्कन परिषद्को २०८० को ‘इन्जिनियरिङ कार्यक्रमहरूको मान्यता तथा अनुगमन कार्यविधि’ अन्तर्गत संस्थागत नीति, व्यवस्थापन प्रणाली र नेतृत्व, पाठ्यक्रम व्यवस्थापन तथा शिक्षण सिकाइ प्रक्रिया, अनुसन्धान, ज्ञान उत्पादन तथा विस्तार गतिविधिहरू, भौतिक स्रोतसाधन, मानव स्रोत र विद्यार्थी हित तथा सहयोग सेवाका शीर्षकमा गरिएको थियो ।
यस्तै, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङले सन् २००८ देखि अस्थायी स्वीकृतिमा सञ्चालन गर्दै आएको सिभिल (९६), इलेक्ट्रिकल (४८) र कम्प्युटर (४८) इन्जिनियरिङ कार्यक्रमहरूका लागि स्थायी मान्यता प्राप्त गरेको हो । परिषद्को मूल्याङ्कनमा ख्वप कलेज अफ इन्जिनियरिङले ८४.७५ अङ्क प्राप्त गर्दै पाठ्यक्रम व्यवस्थापन, पूर्वाधार र जनशक्ति विकासका क्षेत्रमा उल्लेखनीय प्रगति दर्शाएको छ ।
यी उपलब्धिहरूले भक्तपुर नगरपालिकाको सामुदायिक उच्च शिक्षाप्रति देखिएको प्रतिबद्धता र गुणस्तरीय इन्जिनियरिङ शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पुष्टि गरेका छन् ।
Leave a Reply