चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
भक्तपुर, २२ वैशाख । विश्व सर्वहारावर्गका महान् गुरू कार्ल माक्र्सको २०७ औँ जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं. ३ एकाइ समितिको आयोजनामा सोमबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले माक्र्सले प्रतिपादन गर्नुभएको माक्र्सवाद अहिले पनि उत्तिकै सान्दर्भिक भएको चर्चा गर्दै माक्र्सवादले पुँजीवादको उत्थान, विकास र पतनबारे स्पष्ट गर्छ भन्नुभयो ।
पुँजीवादी समाजमा देखापरेका समस्याहरू समाजवादले मात्र समाधान गर्नसक्ने स्पष्ट पार्दै उहाँले कार्यकर्ताहरूले कम्युनिस्ट आचरणलाई पालना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले माक्र्सवादका आधारभूत सिद्धान्तबारे सङ्क्षिप्तरूपमा जानकारी गराउँदै समाजवाद स्थापना हुने आधारहरूबारे जानकारी गराउनुभयो ।
आयोजक समितिका अध्यक्ष रामसुन्दर खाताखोको सभापतित्वमा भएको उक्त कार्यक्रममा सुनिता अवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply