भर्खरै :

माक्र्स दिवसमा अध्ययन गोष्ठी

माक्र्स दिवसमा अध्ययन गोष्ठी

कैलाली, २२ वैशाख । कार्ल माक्र्सको जन्म दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा लम्किचुहा नगरपालिका वडा २ बघौरामा अध्ययन गोष्ठी भयो  ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष रमेशकुमार रावलले माक्र्सले द्वन्द्वात्मक भौतिकवादलाई विश्वास गर्ने एक दार्शनिक हुनुहुन्थ्यो भन्नुभयो । श्रमजीवीवर्गको व्यवस्था समाजवादको लागि माक्र्सले जीवनभर सङ्घर्ष गरेको उल्लेख गर्दै उहाँले त्यहाँका शासकले पटक पटक देश निकाला गर्दा पनि उहाँ विचल्लित हुनुभएन भन्नुभयो ।
संसारका कामदार जनताको लागि मार्ग दर्शन गर्नुभएकोले २०७ वर्षसम्म पनि माक्र्सको विचार जीवित भएको उहाँले बताउनुभयो ।
नेमकिपा कैलालीका सदस्य धनबहादुर थापा मगरले माक्र्सको जीवनी अध्ययन गर्दा माक्र्सले पाएको दुःख कष्ट र सङ्घर्षबाट उत्साह उत्प्रेरणा मिलेको बताउँदै माक्र्सवादी सिद्धान्त श्रमजीवीवर्गको लागि स्वर्गको बाटो भएको बताउनुभयो ।
नेमकिपा कैलाली सचिव गगनबहादुर थापामगर, सदस्य ज्योति बडुवाल, भक्तिप्रसाद जैशी, जानकी शाही, नेक्रायुसङ्घ कैलालीका अध्यक्ष प्रेम सिजापति, नेक्राविसङ्घ केन्द्रीय सदस्य प्रतिभा रावल, नेक्राविसङ्घघ कैलाली अध्यक्ष एचबीले अध्ययन गोष्ठीमा कार्लमाक्र्सको बारेमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *