भर्खरै :

शिक्षकलाई निजामतीसँग तुलना गर्न नहुने

  • बैशाख २४, २०८२
  • शिवराम बोहजू, शिक्षक, आदर्श आजाद मावि/कलेज
  • पाठक विचार

शिक्षकलाई निजामतीसँग तुलना गर्ने र निजामती सरह हुनुपर्छ भन्ने आवाज सही होइन । यस धारणा र भनाइप्रति असल, इमानदार र कर्तव्यनिष्ठ शिक्षकहरूले सदा आलोचना गर्दै आइरहेको यहाँहरूलाई विदितै छ । शिक्षक निजामतीको पछि लाग्ने होइन, आफ्नै राम्रो बाटो छ, त्यसैलाई अझै राम्रो गर्नतिर लाग्ने हो ।
शिक्षकको तलब भत्ता सुविधा निजामती कर्मचारीको भन्दा १० प्रतिशत बढी हुनुपर्छ भनी उहिल्यै एक उच्चस्तरीय आयोगको प्रतिवेदनले सुझाव दिएकै हो । रास्वपा, ने.का. आदि पार्टीहरूले चुनावताका अब्बल र मेधावी विद्यार्थीहरू शिक्षकमा आकर्षण गरी शैक्षिक गुणस्तर बढाउन शिक्षकको तलब निजामतीको भन्दा बढी हुनुपर्छ र बढी बनाइदिन्छौँ भनी प्रतिबद्धता गरेकै हुन् ।
यसो हुँदाहुँदै शिक्षकहरू किन निजामती सरह– निजामती सरह भनी रटान गरिरहेको होला ?
निजामती सरह प्रत्येक २ वर्षमा नेपालभरि जुनसुकै स्थानमा सरुवा गर्ने प्रावधान भए पहुँच नभएका शिक्षक सधैँ दुर्गममा हुनेछ, पहुँचवालामात्रै राजधानीका सहरहरू र सुगममा हुनेछ ।
के शिक्षकले निजामती कर्मचारी सरह न्यूनतम ७ घण्टा (१०–५) ड्युटी गर्नुपर्यो भनेका हुन् ? जबकि शिक्षकको ड्युटी (कार्यघण्टा) ६ घण्टा (१०–४) हो ।
बिदाको सन्दर्भमा पनि निजामतीलाई वर्षको ३० दिन बिदा छ; दसैको पाँच दिनमात्रै छ । शिक्षकलाई जाडो बिदा र गर्मी वा वर्षा बिदा ४५ दिन, दसैँ बिदा १५ दिन, स्थानीय पर्व बिदा थप ५ दिन चालु ऐन–कानुनले नै सुनिश्चित गरेको छ ।
तसर्थ, निजामती सरह, निजामती सरहको रटान त्यागौँ !
शिक्षक निजामतीको पछि लाग्ने होइन, निजामती कर्मचारी शिक्षकको पछि लाग्ने अवस्थाको सृजना गरौँ !
शिक्षक गुरु हो, निजामती कर्मचारी होइन ।
गुरु बनौँ, सरकारी कर्मचारी होइन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *