जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
काठमाडौँ, २१ वैशाख । सोभियत सङ्घको विघटन र पुँजीवादको पुनः स्थापनापछि केही मानिसले ‘इतिहासको अन्त्य’ र ‘माक्र्सवाद पुरानो भयो’ भन्ने होहल्ला मच्चाए । तर, कुनै देशको विघटन र कुनै देशको विस्तार वा सङ्घ राज्यको स्थापना हुँदा ‘इतिहासको अन्त्य’ होइन; तत्तत् देशहरूको नयाँ इतिहास सुरु हुन्छ । साम्राज्यवादी तथा उपनिवेशवादी देशले आक्रमण गरेका र उपनिवेश बनाएका देशहरू मुक्त र स्वतन्त्र हुँदा संसारबाट न ती देशहरू लोप भए; न त इतिहासको नै अन्त्य भयो । बरु ती देशको मुक्ति अनि स्वतन्त्रताको युग सुरु भयो र नयाँ इतिहासको निर्माण भयो भन्ने तिनीहरूले बुझ्न नसकेका हुन् ।
विश्वको राजनैतिक इतिहासमा विभिन्न देशमा २०, ३०, ५० वा १०० वर्षमा सरकारहरू विघटन हुने; राज्यको विजय वा पराजय हुने; वंशको नाश र राजनैतिक व्यवस्था परिवर्तन भइरहने इतिहास हरेक महादेशमा यत्रतत्र दोहोरिएका छन् । युरोपकै नक्सामा अस्ट्रिया र जर्मन साम्राज्यको ठाउँमा दोस्रो विश्वयुद्धपछि पोल्यान्ड, चेकोस्लोभाकिया, हङ्गेरी, युगोस्लाभिया, रोमानिया, अल्बानिया आदि देशहरू बने तर इतिहासको अन्त्य भएन, बरु अर्को कालखण्डमा सोभियत सङ्घ १५–१६ टुक्रामा विभाजित भयो; जसरी अस्ट्रिया सानो अस्ट्रियामा खुम्चियो । त्यसरी नयाँ इतिहास सुरु भयो ।
बेलायतको पँुजीवादी क्रान्तिमा राजा चाल्र्स पहिलोलाई जनताले ज्यान सजाय दिए; क्रामवेल बेलायतको संरक्षक बने; इतिहास समाप्त भएन; बरु गणतन्त्रको इतिहास लेखियो । १० वर्षपछि राजतन्त्रको पुनःस्थापना भयो । फ्रान्सेली क्रान्तिमा राजा लुईको परिवार ग्यालेटिनमा काटियो; ज्याकोविन र जिरोन्डिसहरूले पालैपालो शासन गरे । गणतन्त्रवादी नेपोलियनले सत्ता हातमा लिए र उनी आफै राजा भए । यसरी फ्रान्समा पनि राजतन्त्रको पुनःस्थापना भयो । तर, इतिहासको अन्त्य भएन । जसरी काल वा समय अनन्त छ त्यस्तै इतिहास पनि अनित्य छ ।
सोभियत सङ्घमा पुँजीवादको पुनःस्थापना हुँदा माक्र्सवाद पुरानो भयो भनी केही मानिसले कोकोहोलो मच्चाए । माक्र्सवाद एक विज्ञान भएको हुँदा त्यो पुरानो हुन्न । ‘पृथ्वी गोल छ; पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ’ भनी कपर्निकसले साबित गरे । तर, अन्धविश्वासी र धर्मभीरुहरू खुब रिसाए; ग्यालिलियोको हत्या गरे र बु्रनोलाई आगोमा जलाइदिए । तर, ती वैज्ञानिकहरू मरेर गए पनि पृथ्वी आज पनि गोल नै छ र पृथ्वीले सूर्यको परिक्रमा गरिरहेको छ ।
त्यस्तै, आज कार्ल माक्र्सको २०७ औँ जन्मदिन संसारभरका सचेत जनता र विज्ञानमा विश्वास गर्ने मानिसले बडो गर्व र श्रद्धाका साथ मनाउँदै छन् । किन ? किनभने, उहाँ जीवित हुँदा पँुजीवादी र स्वेच्छाचारीहरूले उहाँलाई सबभन्दा बढी घृणा र निन्दा गरेका थिए तर उहाँले तर्क, तथ्य र वैज्ञानिक प्रमाणबाट सारा अपमान एवम् विरोधको खण्डन तथा प्रत्याक्रमण गर्नुभयो र आफूलाई विजयी साबित गर्नुभयो । जसरी बेलायत र फ्रान्समा पुँजीवादीहरूले गणतन्त्र स्थापना गरेपश्चात् अनेक शोषक र वर्गीय अपवित्र गठबन्धनले कामदारवर्गलाई दबाएर राजतन्त्रको स्थापना गरे; बेलायतको राजतन्त्र पुँजीपतिवर्गको दासको रूपमा रह्यो र फ्रान्समा मजदुर वर्गको दमनपछि पुँजीपति वर्ग पुनः सत्तामा पुग्यो ।
जहिलेसम्म पुँजीवादी व्यवस्थाले आर्थिक सङ्कटलाई सदाको निम्ति पन्छाउन सक्दैन; जहिलेसम्म मजदुर वर्गको ज्याला चोरी गरी अतिरिक्त मूल्य लिन बन्द गर्दैन र जबसम्म कामदार वर्गको राजनैतिक आन्दोलनलाई दबाउने काम गर्छ; तबसम्म समाजवादी क्रान्तिलाई कसैले रोक्नै सक्दैन । तसर्थ, समाजवादको विजय अवश्यम्भावी छ ।
त्यो समाज साम्यवादी चरणमा पुगेपछि एक वर्गविहीन र शोषणविहीन एवम् गाउँ र सहर, किसान र मजदुर, शारीरिक र बौद्धिक श्रमको भेद हटेको, योग्यताअनुसारको काम र आवश्यकताअनुसारको पारिश्रमिक पाउने समतामूलक समाजको स्थापना हुनेछ । माक्र्सवाद – वैज्ञानिक समाजवाद र साम्यवाद स्थापना गर्ने विज्ञान हो ।
Leave a Reply