के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
भक्तपुर बोडे टिगनीस्थित एक प्रख्यात धार्मिक ऐतिहासिक सम्पदाको स्थल नीलबारही मन्दिर परिसरको संरक्षणमा सम्बन्धित निकायको उदासिनतालाई लिएर स्थानीय समुदायको चासो हुनु स्वाभाविक र सराहनीय छ । विभिन्न अनलाइन सञ्चारमाध्यमले पनि स्थानीय जनताको सरोकार र सक्रियतालाई स्थान दिएको पनि सकारात्मक प्रयास नै हो । यसको सम्बोधन यथाशीघ्र हुनुपर्छ ।
वैशाख २० गते शनिबारको दिन उक्त सम्पदा स्थलमा पुग्दा स्थिति साँच्चिकै नाजुक देखियो । धेरै वर्षसम्म यसरी पहिरोको उच्च जोखिममा रहेको पनि सबैले देख्दै आएका हुन् । सोही दिन स्थानीय सरोकारवाला, भक्तजन, बुद्धिजीवी र अभियन्ताहरूको भेला हुँदै गरेको देखियो । अहिले नै रोकथामको पहल गरिएन भने पछि झन् ठुलो क्षति हुने र पुनस्र्थापनाको निम्ति ठुलै रकमको आवश्यकता पर्ने निश्चित छ ।
सम्भावित पहिरोको समस्या एकातिर छ । त्यसमाथि मन्दिर परिसर पुग्ने मूल बाटो भासिएको अवस्था छ । बाटोको छेवैको अग्लो ढिस्को पनि खस्दै गरेको जस्तो देखिन्छ । सो ढिस्कोमा धेरै रुखमुनिको माटो बगेर जरासमेत बाहिर देखिने गरी लत्रिएको दृश्य देखिन्छ । यस्तो धरापमा रहेका रुखहरू कुनै पनि बेला कुनै पनि दिशातिर ढल्ने सम्भावना देखिन्छ । शनिबारको दिन बनभोज र पूजा, दर्शनको निम्ति ठुलै घुइँचो पनि देखिन्छ । विशेषगरी बिस्का जात्रा र देवालीको चाड सकिएलगत्तै भक्तपुरका नेवार समुदायको नीलबाराहीमा पूजा गर्न जाने चलन छ । सोअनुसार सो क्षेत्रमा आगन्तुक र स्थानीयकै सुरक्षाको विषयमा थप संवेदनशील हुनैपर्छ । पानी पर्ने र हावा हुरीको मौसम भएकोले पनि झन् खतरा बढेको छ ।
करिब २ वर्षअगाडि सल्लाघारीको धराप रहेको रुख समयमै हटाउन नसक्दा दुर्घटनामा परी अनाहकमा सर्वसाधारणले ज्यान गुमाउनु परेको स्मरण ताजै छ । नीलबाराहीस्थित जङ्गलका कतिपय रुखको पनि अविलम्ब अवस्था जाँच गरी धराप रहेका रुखको व्यवस्थापन गरिनुपर्छ । यसबाट कुनै अप्रिय घटना हुन नपाओस् ।
यसकारण, सो सम्बन्धमा अविलम्ब कदम चाल्नको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।
Leave a Reply