भर्खरै :

कैलालीमा प्रशिक्षण कार्यक्रम

कैलालीमा प्रशिक्षण कार्यक्रम

कैलाली, २१ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ लम्किचुहा न.पा. वडा नं.४ अम्मरपुर एकाइ समितिको आयोजनामा शनिबार प्रशिक्षण कक्षा भयो ।
नेपाल क्रान्तिकारी कर्मचारी सङ्घका सदस्य दीपेन्द्र शाहीले उद्योग मालिकहरूले मजदुरलाई १८ घण्टासम्म काम गराएर एक छाक खान नपुग्ने, बालबालिकालाई पनि १३ घण्टासम्म काममा लगाएर शोषण गर्ने गरेको बताउनुभयो ।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरमा मजदुरहरूले चलाएको आन्दोलनले सफलता प्राप्त गरेको उल्लेख गर्दै उहाँले फ्रान्सको राजधानी पेरिसमा विश्वका मजदुरहरूको भेलाले मे १ मा अन्तर्रास्ट्रिय मजदुर दिवस मनाउन थालेको बताउनुभयो । प्रशिक्षण कक्षामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाही, कैलालीका अध्यक्ष रमेशकुमार रावल र नेक्राविसङ्घ कैलाली अध्यक्ष एचबीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *