भर्खरै :

सिन्धुली र उदयपुरमा नेमकिपा समर्थकहरूको भेला

सिन्धुली र उदयपुरमा नेमकिपा समर्थकहरूको भेला

सिन्धुली, २७ वैशाख । सिन्धुली जिल्लाको दुधौली वडा नं. ७ पोखरे रमाइलो डाँडा र सोही वडाको मुसहर बस्तीमा नेमकिपा समर्थकहरूको शनिबार भेला भयो ।
भेलामा नेमकिपा कोसी प्रदेशका महेन्द्र बखुन्छेले देश र जनताको सेवाको लागि प्रगतिशील विचारका उद्योगी, व्यापारीसँग मिलेर जनताको प्रजातन्त्र स्थापना गर्ने र समाजवादी व्यवस्था ल्याउन व्यापक जनतालाई सचेत र सङ्गठित गर्नुपर्नेमा जोड दिनुभयो ।
देशका शासकहरूको अदूरदर्शिताका कारण देश परनिर्भर बन्दै ८० लाखभन्दा बढी युवाहरू विदेशमा रगत पसिना बगाएर जान बाध्य भएको उहाँले बताउनुभयो ।
देशमा विदेशी विषाक्त खाद्यान्नले जनताको स्वास्थ्यमा हानि पुगेको उल्लेख गर्दै उहाँले आत्मनिर्भर हुन कृषि उद्योग पर्यटनलाई प्राथमिकता दिनुपर्ने, युवाहरू विदेश पठाउन नहुने, आफ्नो देशको स्रोत साधन आफैले प्रयोग गर्नुपर्ने, विदेशीको भर पर्न नहुने बताउनुभयो ।
त्यस्तै कार्यकर्ता भेला वैशाख २५ गते उदयपुरको कटारी ४ र वडा नं. ७ दिस्कुमा पनि भयो ।
भेलामा कोसी प्रदेशका बखुन्छेले भाषा, कला र संस्कृति बचाउन जनता नै सचेत हुनुपर्ने बताउनुभयो ।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको चर्चा गर्दै उहाँले अमेरिकाको शिकागो सहरमा १८८६ मा ८ घण्टाको काम, कामअनुसारको ज्याला र बालबालिकालाई श्रम शोषण गर्न नपाइने माग राखी आन्दोलन भएको बताउनुभयो ।
श्रमिक मजदुरहरूको आन्दोलनमा धेरै जनाको ज्यान र सयौँ जना घाइते भएको उल्लेख गर्दै उहाँले आन्दोलन सफल भएको दिन मे १ लाई श्रमिक दिवस मनाइँदै आएको चर्चा गर्नुभयो ।
भेलामा नेमकिपा उदयपुरका पूर्णबहादुर बुढाथोकी र कुलबहादुर बुढाथोकीले जनता सचेत र सङ्गठित नभएसम्म सामन्त सोचका पुँजीवादी पार्टीलाई ठीक पार्न नसक्ने भएकोले नेमकिपाले जनतालाई सचेत पार्ने काम गरिरहेको बताउनुभयो ।
सिन्धुलीको भेलाले दुधौली ७ पोखरे रमाइले डाँडामा सङ्गिता श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नेपाल क्रान्तिकारी महिला सङ्घ गठन ग¥यो भने सोही वडाको मुसहर बस्तीमा कुमारी सदाको अध्यक्षतामा १० सदस्यीय नेक्रामसङ्घ टोल समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *