क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
बौद्ध दर्शनका प्रणेता गौतम बुद्ध ‘विश्वका ज्योति’ हुन् । बुद्धलाई ‘एसियाको ज्योति’ भनी सङ्कुचित पारिएको छ । विज्ञानसम्मत विश्व दृष्टिकोण दर्शन हो । दर्शनलाई कुनै सम्प्रदायसँग मात्र जोड्नु हुन्न । दर्शन मानव जातिको हितसँग जोडिएको हुन्छ ।
लुम्बिनीको राजदरबारमा जन्मनुभएका बुद्धले मानव समाजको विकासको सिलसिला अध्ययन गरेका हुन् । यसकारण, बुद्ध दुःख छ, दुःख अन्त्य हुने कारण छ; दुःखको अन्त्य छ; भन्ने निष्कर्षमा पुग्नुभएको हो ।
मानिस जङ्गली युगबाट बाहिर आएको लगभग ७ हजार वर्ष भयो । यो अवधिमा मानिसले भूदास र पुँजीवादी युगजस्ता दुःख सामना ग¥यो र गर्दै छ । कतिपय देशहरू अहिले पुँजीवादी युगबाट समाजवादी युगमा पदार्पण भइरहेका छन् । यो दुःखको अन्त्य हो । पीडितहरूले सङ्घर्ष गरी मुक्ति प्राप्त गर्नु दुःखको अन्त्य हो ।
दास र दास मालिक, भूदास र सामन्त, मजदुर र पुँजीपति वर्गको भइरहनु नै मानवजातिको दुःख हो । दासमालिक र सामन्त वर्गको अन्त्यको साथै कतिपय देशमा पुँजीपति वर्गको पनि समाप्त हुँदै छ । कतिपय देशमा पुँजीवाद समाप्त हुने क्रममा छ । यो समाज विकासको नियम पनि हो ।
बुद्धलाई शान्ति, सहिष्णुता, सद्भावका प्रणेता उल्लेख गरी वक्तव्य प्रकाशित गरेका सरकारमा गएका दलका नेताहरू २५६९ औँ बुद्ध जयन्तीको अवसरमा ‘बौद्ध धर्मावलम्बीहरूलाई’ शुभकामना दिन्छन् । यो बौद्ध दर्शनलाई निश्चित सम्प्रदायमा सीमित पार्ने नियत हो । बौद्ध दर्शन मानवजातिको हितसँग सम्बन्धित विश्व दर्शन हो ।
सरकारको नेतृत्वमा पुगेकाहरूको कर्तव्य बौद्ध दर्शनको सारलाई विद्यालय र विश्वविद्यालयमा पाठ्यपुस्तकमा समावेश गराई नयाँ पुस्तालाई शान्ति, सहिष्णुता र सद्भावको ‘दूत’ बनाउने हो । बुद्धको जन्मथलो लुम्बिनी, स्वयम्भूको महाचैत्य, बौद्धको महाचैत्यलगायतलाई बुद्ध जयन्तीको दिनमात्र होइन सधैँ सफा, स्वच्छ र सुन्दर राख्नु जरुरी छ । यहाँका पुरातात्विक क्षेत्र र वस्तु यथास्थितिमा संरक्षण गरिनु आवश्यक छ । तर लुम्बिनी विकास कोषका नाममा भ्रष्टाचार भइरहेको र पुरातात्विक महत्व नष्ट भइरहेको जनगुनासो बढ्दो छ । यतातिर सरकारको यथोचित ध्यान जानु जरुरी छ ।
बौद्ध दर्शन बुझेर काम गरेको भए सरकारमा गएका नेताहरूले नीतिगत निर्णयलाई अख्तियारको छानबिन बाहिर राख्ने र कर्मचारीको अवकाशपछिको १–२ वर्ष कतै सेवा गर्न नपाइने कानुनी व्यवस्थासम्बन्धी विधेयक बनाउन जोडबल गर्नुपर्ने थिएनन् । महिनौँसम्म त्रिविको उपकुलपति, नेपाल राष्ट्र बैङ्कको गर्भनर रिक्त राख्न पर्ने थिएनन् । ख्वप विश्वविद्यालय विधेयक रोकिराख्नुपर्ने थिएनन् । बौद्ध दर्शनको महत्व नबुझेकाहरू सरकारमा पुगेकैले नेपाली जनतालाई अहिले थप दुःख भइरहेको हो । अर्थमन्त्रीले संसदमा राजस्वले कर्मचारीलाई तलब दिन धौ धौ भएको बोलेका थिए । सरकारको १२ खर्ब रुपियाँ बेरुजु पुग्यो । सरकारमा गएकाहरूले बौद्ध दर्शनलाई स्वीकार गरेको भए देशको यो दुर्गति हुने थिएन ।
आजका विद्यार्थीले नै भोलि राजनीति, पत्रकारिता, चिकित्सा, अर्थशास्त्र, विज्ञान, इन्जिनियरिङ क्षेत्रमा नेतृत्व लिने हुन् । कलेजहरूले विद्यार्थीहरूलाई सबै विषयमा कम्तीमा ६० प्रतिशत नतिजा आउने गरी तयार गर्नु उपयुक्त हुनेछ । यो विषय धेरै वर्ष अगाडि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पनि सुझाउनु भएको हो । कलेजका प्राध्यापक र कर्मचारीले यतातिर थप ध्यान दिई मिहेनत हुने विश्वास गर्दछु ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थानहरू (ख्वप मा.वि., ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान र शारदा क्याम्पस मावि) को संयुक्त आयोजनामा २५६९ औँ बुद्ध जयन्तीको अवसरमा ‘बुद्ध दर्शन र समाज विज्ञान’ विषयक ख्वप कलेज अफ ल को प्राङ्गणमा सोमबार भएको प्रवचन कार्यक्रममा व्यक्त गर्नुभएको मन्तव्यको सार– सं.)
के नेका र एमालेमा सिद्धान्तनिष्ठ नेता र कार्यकर्ता कोही छैनन् ?
देशमा पाँच वर्षमुनिका २५ प्रतिशत बालबालिका कुपोषणको कारण पुडकोपना भएको, कम तौलका १९ प्रतिशत भएको र जनसङ्ख्याको ८ प्रतिशतमा कुपोषण, रक्तअल्पता ४४ प्रतिशत र पोषण कमीको कारण १५ देखि १९ वर्षका गर्भवती महिला ४० प्रतिशत पीडित, कर्णालीमा मात्र पुडकोपना ३८ प्रतिशत रहेको सार्वजनिक भयो । ३५ वर्ष यता सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरूको उपलब्धि यही हो र ?
के नेपालको परराष्ट्र नीति नाफा कमाउने विदेशी कम्पनीको दलाल बन्ने हो र ? के यसैकारण सरकारले करोडौँ नेपाली युवालाई म्यानपावर कम्पनी नामक गल्लावालहरूमार्फत वैदेशिक रोजगारीमा पठाइरहेको हो ? के सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैङ्क; गरिब देशमा माछा मार्ने बल्छी बोकेका साम्राज्यवादी देशका माझी भन्ने कुरा थाहा छैन र ? नेपाली काङ्ग्रेसले बीपी कोइरालाको समाजवाद म्याद नाघेको औषधि ठानेको हो र ? एमाले कम्युनिस्ट भए उत्पादनका मुख्य–मुख्य साधनहरू राष्ट्रियकरण गर्ने नीति र कार्यक्रम आउनुपर्ने होइन र ?
नेका र एमाले नेतृत्वको वर्तमान सरकार ‘प्रजातान्त्रिक समाजवादी’ नभएको यथार्थ मन्त्री परिषद्को हालैको बैठकले सातवटा सरकारी उद्योग निजीकरण गर्ने निर्णय गरेबाट प्रस्ट हुन्न र ? हुटिट्याउँको खुट्टैदेखि चाल पाइन्छ भनेको यही होइन र ?
के नेका र एमालेले आफ्ना माथिल्ला तहका नेतादेखि जनतामाथि विश्वासघात गरेका होइनन् र ? के नेका र एमालेमा सिद्धान्तनिष्ठ नेता र कार्यकर्ता कोही नभएका हुन् र ? दास युगमा नपढेका दासहरूले दासमालिकहरूको अन्यायको विरोध गरेका थिए । अहिले नेका र एमालेका प्राध्यापक, शिक्षक, इन्जिनियर, चिकित्सक, वकिल, पत्रकार, नर्सलगायतको सङ्गठनमा बुद्धिजीवीहरू छन् । तीमध्ये कतिले जेलनेल पनि भोगेका छन् । के आफ्नो पद र बढुवा गुम्ला भने डरले यी बुद्धिजीवीहरू सरकारको लाचार छायाँमा परेका हुन् र ?
पतञ्जली योगपीठको जग्गा अनियमितता प्रकरण, बाल मन्दिरको जग्गा हिनामिना प्रकरण, सुर्तीजन्य पदार्थमा कम कर लगाइएको बारे प्रधानमन्त्री र अर्थमन्त्री जवाफदेही हुनु पर्दैन र ? के यसबारे यथार्थ विवरण संसद्मा जानकारी दिनु जरुरी पर्दैन र ?
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८२ बैशाख २४ गतेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा देशको विषयमा राख्नुभएको मन्तव्यको सार– सं.)
Leave a Reply