प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा : संयुक्त राष्ट्रसङ्घ
- असार ९, २०८३
माथिको सच्चाइ हुँदै पश्चिमबाट पूर्वसम्मको नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले जनतासँगको छलफलमा एकैमुखले भनेजस्तै नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा, एमालेका नेता केपी शर्मा ओली र एमाओवादी नेता प्रचण्डलाई समान रूपले असफल र अयोग्य नेताको चित्रण गरे । कारण सोध्दा जनताले क्षेत्रवादी, जातिवादी र आफ्नै मानिसलाई मात्र काम दिने, पदमा राख्ने र ठेक्का दिने बताए । ओलीको विषयमा उनीहरूले अति घमण्डी, जुहारी खेल्न मन पराउने र कामको कुरै नगर्ने खालि आफ्नो जिल्लाको र क्षेत्रको विकासमा बजेट लगानी गर्ने गुनासो गरे । प्रचण्डको विषयमा जनताले खालि प्रधानमन्त्री हुन खोज्ने, काम केही नगर्ने, अस्थिर र आफ्नै पार्टीका कार्यकर्ताहरूलाई पैसाले मात्रै मुखमा बुजो लगाउने आदि आरोप लगाए ।
आखिर बुद्धिजीवी र पार्टीका माथिल्ला कार्यकर्ताहरूलाई थाहा छ – नेता भनेको पार्टी हो र नेता नभई पार्टी चल्दैन । तर, बुद्धिजीवी समुदाय र माथिल्ला कार्यकर्ताहरू आआफ्ना नेताहरूलाई सत्तोसराप गर्दा समेत पार्टी र नेताको अन्तरसम्बन्धबारे किन मौन बस्छन् ? जनतालाई बुझ्न गाह्रो यही विषय हो । सत्य के हो भने हरेक राजनीतिक पार्टीको स्थापना हुँदा विचार मिल्ने समूहहरू मिलेर सुरुमै कुनै एक नेतालाई चुनेका हुन्छन् । पछिपछि सैद्धान्तिक मत मतान्त्तर, नीतिगत विचारमा एकमत हुन नसक्दा र नेताको व्यक्तिगत कमजोरीलाई समेत लिएर पार्टी फुटेर वा सम्मेलन वा महाधिवेशनबाट नयाँनेतृत्व चयन गर्दै आएका हुन् ।
विदेशमा पनि राजनैतिक सङ्गठन वा सङ्घसंस्थाहरू एकपछि अर्को फुट्ने र जुट्ने गरेका छन् । त्यसमा सिद्धान्त एवं नीतिबारे नेताहरूमा भिन्नता र व्यक्तिगत कारणले पनि विभाजनहरू भएका छन् ।
नेपालको राजनीतिक इतिहासमा ‘राष्ट्रिय काङ्ग्रेस’ भित्र‘रेग्मी गुट’ र ‘कोइराला गुट’ को रूपमा विभाजित भयो । पछि ‘सुवर्णशमशेर’ को नेतृत्वको ‘प्रजातान्त्रिक काङ्ग्रेस’ र कोइराला नेतृत्वको ‘राष्ट्रिय काङ्ग्रेस’ को ‘राष्ट्रिय’ झिकेर ‘नेपाली काङ्ग्रेस’ बन्यो ।
तर, भारतीय राष्ट्रिय काङ्ग्रेसमा पूर्वसभापति अब्दुल कलाम आजाद भने गान्धीजी र नेहरूको नीतिसँग असहमत भई सभापतिको निर्वाचनमा उठेनन् वैचारिक मतभेदकै कारण । अर्थात्, बेलायती उपनिवेशवादको विरोधमा सशस्त्र क्रान्ति गर्नेबारे सुभाषचन्द्र बोष र गान्धीजीहरूसँग मतभेदको कारण राष्ट्रिय काङ्ग्रेसबाट अलग भई बोषले ‘हिन्द आजाद फौज’ को निर्माण गरे । यो मतभेद व्यक्तिगत नभई नीतिगत निर्णयहरू थिए ।
त्यस्तै सोभियत सङ्घभित्रको सोभियत कम्युनिस्ट पार्टीको मतभेद समाजवादको हितमा साम्राज्यवादीहरूसँग सङ्घर्ष गर्ने हो वा शान्तिपूर्ण रूपले पुँजीवाद र समाजवादको बिचमा शान्तिपूर्ण रूपमा वा सशस्त्र सङ्घर्ष गर्ने भन्ने थियो । कम्युनिस्ट आन्दोलनभित्रै बसेर पुँजीवादको हित हुने उद्देश्यले ख्रुश्चेभ गुटले अमेरिकी साम्राज्यवादको अगाडि घुँडा टेक्ने नीति लियो । त्यसकोे विरोधमा क्रान्तिकारी कम्युनिस्टहरूले संशोधनवादीहरूको विरोधमा गरिएको सङ्घर्षलाई सैद्धान्तिक सङ्घर्ष भनिन्छ ।
व्यवहारले साबित ग¥यो ख्रुश्चेभहरूको साम्राज्यवादसँगको मेलको नीतिअनुसार सोभियत सङ्घ पूर्वी युरोपका साम्राज्यवादी देशलाई एकएक गरेर पुँजीवादको पुनःस्थापना गराइयो र सोभियत सङ्घमा समेत पुँजीवादको पुनःस्थापना गराउँदै सोभियत सङ्घलाई पन्ध्र टुक्रामा विभाजित गरी समाजवादलाई विघटन गर्ने अपराध ग¥यो । यस्ता सङ्घर्ष नेताहरूको व्यक्तिगत स्वार्थको विषय नभई सैद्धान्तिक सङ्घर्ष भन्ने हो । राजनीतिक दलहरूले आआफ्ना कार्यकर्ताहरूलाई मतभेदलाई सुरुदेखि प्रस्ट पारेका भए पार्टीहरूमा पद, पैसा र व्यक्तिगत स्वार्थको चर्काे प्रतिस्पर्धा हुने थिएन ।
Leave a Reply