भर्खरै :

यति ठूलो रिङरोड बन्दा साइकल लेन खोइ ?

सयौं मठमन्दिर, स्तुपा, फल्चा (सत्तल) मा जीवन्तझैं लाग्ने हजारौं मूर्तिमा बास लिएका देवताको बास भएको उपत्यकामा थुप्रिएका मानिस, तिनले बनाएका कङ्व्रिmटको जङ्गल, अव्यवस्थित सडक जञ्जालबाट नेपाः उपत्यकाको स्वरूप र स्वभाव विकृत र विसङ्गत रूपमा फेरिंदै छ । मन्दिरै मन्दिरको सहर भनेर विश्व प्रसिद्ध नेपा (काठमाडौं) उपत्यकाको जीवन्त चिनारी र परिचय अव्यवस्थित र सबैभन्दा वायु प्रदूषित सहर भनेर फेरिंदै छ । सयौं मठमन्दिर, स्तुपा, फल्चा (सत्तल) मा जीवन्तझैं लाग्ने हजारौं मूर्तिमा बास लिएका देवताको बास भएको उपत्यकामा थुप्रिएका मानिस, तिनले बनाएका कङ्व्रिmटको जङ्गल, अव्यवस्थित सडक जञ्जालबाट नेपाः उपत्यकाको स्वरूप र स्वभाव विकृत र विसङ्गत रूपमा फेरिंदै छ । मन्दिरै मन्दिरको सहर भनेर विश्व प्रसिद्ध नेपा (काठमाडौं) उपत्यकाको जीवन्त चिनारी र परिचय अव्यवस्थित र सबैभन्दा वायु प्रदूषित सहर भनेर फेरिंदै छ ।
एघार लाख मोटर गाडी र बाइक यहाँको सडकमा गुड्दाको परिणाम धुलो धुवाँ, ट्राफिक जाम र दुर्घटनाको आतङ्क यति छ कि बिहान घरबाट हिंडेको मानिस साँझ सकुसल घर फर्किने हो कि होइन ढुक्क हुन गाह्रो छ । सफा लुगामा निस्केको व्यक्ति घर फर्किंदा धुलो मैलो भएर आएको हुन्छ । उपत्यकामा हाल ८ लाख बाइकसहित ११ लाख सवारी साधन छन् । हरेक महिना १० हजार जति सवारी साधन थुप्रिरहेका हुन्छन् । उपत्यकाभित्र १५९४ किमि जति सडक छन् भने सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किमि छ ।
सन् २००३ मा गरेको अध्ययनअनुसार उपत्यकाको वायु प्रदूषणमा प्रमुख जिम्मेवार ३८५ डिजेल पेट्रोलले चल्ने सवारी साधनले निकाल्ने धुवाँ र २५५ ती सवारीले उडाउने सडकको धुलो हो ।
१५ वर्षपछि यहाँ २ लाखको पाँच गुणाभन्दा बढी ११ लाख बाइक, मोटरगाडी थपिए । महिनैपिच्छे ११ हजार थपिएको अवस्थामा वायु प्रदूषण कति हदसम्म बढेको छ अनुमान गरौं हाम्रो दैनिक जीवन र भोगाइ नै तथ्याङ्कहरूभन्दा बढी चिच्याएर बोलिरहेको छ । हावा यति दूषित भइसकेको छ कि नेपाल र काठमाडौं विश्वकै सबैभन्दा वायु प्रदुषित देश र सहरमा गनिन पुग्दा हामीलाई पीडा र रिसमात्र उठ्छ तर सरकारप्रति वायु प्रदुषणबारे सशक्त आवाज उठाउन हामी नागरिक समाजहरूले सकेका छैनौ । यातायातमा उपत्यकामा हालका ११ लाख सवारीसाधनमध्ये एकतिहाइलाई मात्र पनि साईकलले विस्थापन गर्न सक्यो भने धेरै नै सडकमा सहज र वायु प्रदूषण र जाममा सुधार आउनेछ ।
यसका लागि प्रमुख चौडा सडकहरूमा अनिवार्य सेग्रेगेटेड साइकल लेन र मध्यम र साना बाटाहरूमा मिक्स्ड शेरिङ साइकल लेन बनाउन सकिन्छ ।
भयावह वायु प्रदूषण, ट्राफिक जाम, सडक दुर्घटनाले उपत्यकाको जीवनयापन नर्कतुल्य बनाउनु अघि नै यसका समाधानका लागि नीतिनियमलगायत, अन्य बिकल्प खोजिनुपर्छ । सरकारी लगानीमा साइकल लेनहरूको राम्रो नेटवर्क बनाइए धेरैभन्दा धेरै गाडी, कार, मोटरबाइक चलाउने पनि साइकलमा यात्रा थाल्नेछन् । साइकल लेनबिनाको हालको सडक एकदमै असुरक्षित छ । यहाँ ज्यानको जोखिममा राखेर किन साइकल चलाउनु ? त्यसैले साइकल लेन, पथहरू, स्टाण्डहरूमा सरकारले लगानी गर्नु सहर, समाज, नागरिक, देश सबैको स्वास्थ्यमा लगानी गर्नु हो । जुन अत्यावश्यक र अनिवार्य छ ।
– रत्नराम श्रेष्ठ, साइकल अभियन्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *