नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
सयौं मठमन्दिर, स्तुपा, फल्चा (सत्तल) मा जीवन्तझैं लाग्ने हजारौं मूर्तिमा बास लिएका देवताको बास भएको उपत्यकामा थुप्रिएका मानिस, तिनले बनाएका कङ्व्रिmटको जङ्गल, अव्यवस्थित सडक जञ्जालबाट नेपाः उपत्यकाको स्वरूप र स्वभाव विकृत र विसङ्गत रूपमा फेरिंदै छ । मन्दिरै मन्दिरको सहर भनेर विश्व प्रसिद्ध नेपा (काठमाडौं) उपत्यकाको जीवन्त चिनारी र परिचय अव्यवस्थित र सबैभन्दा वायु प्रदूषित सहर भनेर फेरिंदै छ । सयौं मठमन्दिर, स्तुपा, फल्चा (सत्तल) मा जीवन्तझैं लाग्ने हजारौं मूर्तिमा बास लिएका देवताको बास भएको उपत्यकामा थुप्रिएका मानिस, तिनले बनाएका कङ्व्रिmटको जङ्गल, अव्यवस्थित सडक जञ्जालबाट नेपाः उपत्यकाको स्वरूप र स्वभाव विकृत र विसङ्गत रूपमा फेरिंदै छ । मन्दिरै मन्दिरको सहर भनेर विश्व प्रसिद्ध नेपा (काठमाडौं) उपत्यकाको जीवन्त चिनारी र परिचय अव्यवस्थित र सबैभन्दा वायु प्रदूषित सहर भनेर फेरिंदै छ ।
एघार लाख मोटर गाडी र बाइक यहाँको सडकमा गुड्दाको परिणाम धुलो धुवाँ, ट्राफिक जाम र दुर्घटनाको आतङ्क यति छ कि बिहान घरबाट हिंडेको मानिस साँझ सकुसल घर फर्किने हो कि होइन ढुक्क हुन गाह्रो छ । सफा लुगामा निस्केको व्यक्ति घर फर्किंदा धुलो मैलो भएर आएको हुन्छ । उपत्यकामा हाल ८ लाख बाइकसहित ११ लाख सवारी साधन छन् । हरेक महिना १० हजार जति सवारी साधन थुप्रिरहेका हुन्छन् । उपत्यकाभित्र १५९४ किमि जति सडक छन् भने सवारी साधन गुड्ने व्यस्त सडक ४७२ किमि छ ।
सन् २००३ मा गरेको अध्ययनअनुसार उपत्यकाको वायु प्रदूषणमा प्रमुख जिम्मेवार ३८५ डिजेल पेट्रोलले चल्ने सवारी साधनले निकाल्ने धुवाँ र २५५ ती सवारीले उडाउने सडकको धुलो हो ।
१५ वर्षपछि यहाँ २ लाखको पाँच गुणाभन्दा बढी ११ लाख बाइक, मोटरगाडी थपिए । महिनैपिच्छे ११ हजार थपिएको अवस्थामा वायु प्रदूषण कति हदसम्म बढेको छ अनुमान गरौं हाम्रो दैनिक जीवन र भोगाइ नै तथ्याङ्कहरूभन्दा बढी चिच्याएर बोलिरहेको छ । हावा यति दूषित भइसकेको छ कि नेपाल र काठमाडौं विश्वकै सबैभन्दा वायु प्रदुषित देश र सहरमा गनिन पुग्दा हामीलाई पीडा र रिसमात्र उठ्छ तर सरकारप्रति वायु प्रदुषणबारे सशक्त आवाज उठाउन हामी नागरिक समाजहरूले सकेका छैनौ । यातायातमा उपत्यकामा हालका ११ लाख सवारीसाधनमध्ये एकतिहाइलाई मात्र पनि साईकलले विस्थापन गर्न सक्यो भने धेरै नै सडकमा सहज र वायु प्रदूषण र जाममा सुधार आउनेछ ।
यसका लागि प्रमुख चौडा सडकहरूमा अनिवार्य सेग्रेगेटेड साइकल लेन र मध्यम र साना बाटाहरूमा मिक्स्ड शेरिङ साइकल लेन बनाउन सकिन्छ ।
भयावह वायु प्रदूषण, ट्राफिक जाम, सडक दुर्घटनाले उपत्यकाको जीवनयापन नर्कतुल्य बनाउनु अघि नै यसका समाधानका लागि नीतिनियमलगायत, अन्य बिकल्प खोजिनुपर्छ । सरकारी लगानीमा साइकल लेनहरूको राम्रो नेटवर्क बनाइए धेरैभन्दा धेरै गाडी, कार, मोटरबाइक चलाउने पनि साइकलमा यात्रा थाल्नेछन् । साइकल लेनबिनाको हालको सडक एकदमै असुरक्षित छ । यहाँ ज्यानको जोखिममा राखेर किन साइकल चलाउनु ? त्यसैले साइकल लेन, पथहरू, स्टाण्डहरूमा सरकारले लगानी गर्नु सहर, समाज, नागरिक, देश सबैको स्वास्थ्यमा लगानी गर्नु हो । जुन अत्यावश्यक र अनिवार्य छ ।
– रत्नराम श्रेष्ठ, साइकल अभियन्ता
Leave a Reply