भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, २ जेठ । समाज सुधार माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२ मा विद्यालयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि शुक्रबार स्वागत कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रममा पूर्वप्रअ एवम् विद्यालय व्यवस्थापन समितिका सल्लाहकार लक्ष्मीनारायण दुवालले विद्यालय विकासका लागि विद्यालयले आधा शताब्दी पार गरिसकेको सन्दर्भलाई प्रस्ट्याउँदै विद्यार्थीहरूमा लगनशीलता र मेहनतले मात्र शैक्षिक विकास सम्भव हुने बताउनुभयो ।
अनुशासन विद्यार्थीको गहना हो भन्दै उहाँले विद्यार्थीहरूले अनुशासित भई अध्ययनलाई निरन्तरता दिनुपर्ने र इमानदारीपूर्वक जीवन जिउने सीपको विकास गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरूमा संस्कारको भावना हुनुपर्ने आजको आवश्यकता औँल्याउनुभयो ।
विद्यालयका प्रअ जगन्नाथ प्रजापतिले विद्यार्थीहरूमा विद्यालयले शैक्षिक गुणस्तर वृद्धिका लागि नयाँ नयाँ पूर्वाधारहरू निर्माण गर्ने क्रममा रहेको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षक कृष्णप्रसाद सुवालले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
विद्यार्थीहरूको विभिन्न सांस्कृतिक प्रस्तुति भएको उक्त कार्यक्रममा पूर्वप्रअ दुवालले नयाँ विद्यार्थीहरूलाई मायाको चिनोस्वरूप शैक्षिक सामग्रीहरू वितरण गर्नुभएको थियो ।
Leave a Reply