भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, २ जेठ । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्र्दै शिक्षा व्यक्तिको सफलताको साँचो भएकोले हरेक विद्यार्थीहरूले आ–आफ्ना अध्ययनलाई अब्बल बनाउनुका साथै अनुशासनलाई गहनाको रूपमा अँगालेर सबैजना सफल हुन सकून् भन्नुभयो ।
उहाँले व्यक्तिको व्यक्तित्व विकासमा शिक्षा अपरिहार्य भएकोले विद्यालय तहदेखि नै बहुप्रतिभाशाली हुन सक्रियता आवश्यक हुने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवं भनपा ६ वडाका वडाध्यक्ष हरिराम सुवालले व्यक्तिको व्यक्तित्व निर्माणका लागि सबैभन्दा महत्वपूर्ण पक्ष शिक्षा हो, शिक्षाको माध्यमबाट ज्ञान प्रदान गर्न विद्यालयका शिक्षकहरू सदा तत्पर हुने विचार व्यक्त गर्नुभयो ।
नवआगन्तुक चिनियाँ भाषाका शिक्षकद्वय Fan Ting Ting / Bing Qian Qian र नवआगन्तुक विद्यार्थीहरूलाई फूलको गुच्छा हस्तान्तरण गरी स्वागत गरिएको थियो ।
शैक्षिक सत्र २०८१ मा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई अतिथिहरू गौतमप्रसाद लासिवा, वडाध्यक्ष हरिराम सुवाल, प्रिन्सिपल बदनकेशरी प्रजापति, सह–प्रिन्सिपल स्वर्णिमा मूल, ब्लक बी इन्चार्ज मीरा दुगुजु, छिक्वां प्रशिक्षकले पुरस्कार वितरण गरी हौसला प्रदान गर्नुभएको थियो ।
चिनियाँ भाषा प्रशिक्षकद्वय र कक्षा १० मा अध्ययनरत प्रणय मुनंकर्मी र रेस्ना कोजुले विद्यालयमा रहँदाका आ–आफ्नो अनुभवका साथै विद्यालयबाट विद्यार्थीकेन्द्रित भएका शैक्षिक तथा अतिरिक्त कार्यकलापको चर्चा गर्नुभएको थियो । औपचारिक कार्यक्रमपछि कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूबाट कविता वाचन, गीत गायनका साथै नृत्य प्रस्तुत गरिएको थियो ।
विद्यालयका सहायक प्रिन्सिपल स्वर्णिमा मूलले स्वागत गर्नुभएको थियो । कार्यक्रम विद्यालयका प्रिन्सिपल बदनकेशरी प्रजापतिको सभापतित्वमा भएको थियो । कार्यक्रममा शिक्षक अनिता न्हुछेँले पनि बोल्नुभएको थियो ।
Leave a Reply