भर्खरै :

नाला भगवतीको मन्दिर पुनःनिर्माणमा ढिलाइ किन ?

नाला भगवतीको मन्दिर पुनःनिर्माणमा ढिलाइ किन ?

नेपाली समाजमा एउटा भनाइ स्थापित छ – ‘सरकारी काम कहिले जाला घाम ।’ यसको अर्थ सरकारी काम झाराटार्ने, ढिलो हुने भन्ने हो । यसको एउटा ज्वलन्त उदाहरण भएको छ नाला भगवतीको मन्दिर पुनर्निर्माण । एउटा मूर्त सम्पदाको ऐतिहासिक र धार्मिक महत्व कति धेरै हुन्छ भन्ने कुरा सम्बद्ध सरकारी निकाय पुरातत्व विभागलाई थाहा नहुने कुरै हैन । २०७२ सालको भूकम्पले क्षति पु¥याएको यस मन्दिरलाई पुरातत्व विभागले पुनर्निर्माण थालेको पनि धेरै वर्ष भयो; अझ यसले पूर्णता पाएको छैन ।
भूकम्प गएको १० वर्ष बितिसक्दा पनि सरकारले एउटा मन्दिर निर्माण सम्पन्न गर्न नसक्नु विडम्बना नै मान्नुपर्छ । कि भूपि शेरचनले लेखेझैँ घुम्ने मेचमा अन्धो मान्छे प¥यो ? कि धार्मिक अनास्थाको मान्छे प¥यो ? नभए त यति धेरै समय नलाग्नुपर्ने हो ।
निर्माणको लागि आवश्यक सामानको खरिद प्रक्रिया अलि बढी नै जटिल भन्ने पनि सुनिन्छ । यदि जटिल भएको भए सरल कसरी बनाउने सरकारले ध्यान दिनुपर्छ । निर्माणाधीन अवस्थामा नै झरी वर्षामा त्यतिकै राख्दा निर्माण सम्पन्न नहुँदा अधुरो भवन फेरि जीर्णोद्धार गर्नुपर्ने अवस्था आउला ।
धार्मिक आस्थाका मानिसहरू दिनहुँ अपूर्ण मन्दिर हेरेर भगवतीको पूजा गर्नुपर्दा सा¥है चित्त दुखाउँछन् । विभिन्न मेला पर्वमा विशेष जात्रा लाग्छ तर सरकार सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीहरू यसरी मन्दिरलाई पखेटा काटेको पन्छीजस्तो अशोभनीय गरी राख्नुपर्दा किन अप्ठेरो लागेन होला ? नाला भगवतीको मन्दिरले छिटो पूर्णता पाओस् । सरकारले विशेष ध्यान दिओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *