भर्खरै :

ट्रम्प तिमी को हौ ?

ट्रम्प तिमी को हौ ?

तिमी ‘इमानदार मध्यस्थकर्ता’ हो कि ?
विश्वभरको कच्चा सामान हसुर्ने,
बजार कब्जा गर्ने साम्राज्यवादी ?
के तिम्रो उपनिवेशको विरोध गर्नु,
मानव अधिकारको उल्लङ्घन हो र ?
तिम्रो चङ्गुलबाट निस्कन खोज्नु,
सत्ताच्युत हुनु हो र ?
एउटा देशका नेता निर्वाचनमा जित्न
के तिम्रो पैसा खानैपर्ने हो र ?
के सरकारमा टिक्न तिम्रो आदेश मान्नैपर्ने हो र ?
संसारमा तिम्रा ९०२ अमेरिकी अखडा किन ?
प्यालेस्टिनमा नरसंहार र भूमि कब्जा किन ?
तिम्रा डलरपतिलाई युक्रेन कब्जा गराउने किन ?

अफ्रिकामा तिम्रो सैन्य कमान्ड ‘अफ्रिकम’ किन ?
आत्री कोस्टमा अड्डा जमाएको
अफ्रिकी देशहरूलाई भाँड्ने ‘इकोवास’ किन ?
माली र निजरसँगको ‘साहेल’
‘एइएस’ बनेको तिमीलाई थाहा छैन र ?
के अझै तिम्रो साम्राज्य टिक्छ ?
अहँ टिक्ने छैन, यो एक्काइसौँ शताब्दी हो ।
अफ्रिकाबाट तिमी छिट्टै फिर्ता हुनु !
बुर्किना फासोको सुन खानीमा आँखा नगाड्नू !
थोमस सङ्काराको हत्याको प्रायश्चित गर्नू !
क्याप्टेन इब्राहिम त्राओरेसँग मित्रता गाँस्नू !
पेट्रिस लुमुम्बा, अमिलकार कब्राल, एडुवार्दाे मोन्डेलेन,
क्वामे एनक्रुमा, जुलियस नेरेरे र थोमस सङ्काराहरू
अफ्रिकामा धेरै जन्मिरहेको,
तिमीलाई थाहा पाउनू !
२०८२ वैशाख ६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *