भर्खरै :

ख्वप कलेज अफ इन्जिनियरिङमा विविध खेलकुद प्रतियोगिता सुरु

ख्वप कलेज अफ इन्जिनियरिङमा विविध खेलकुद प्रतियोगिता सुरु

भक्तपुर, ९ जेठ । ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा विविध खेलकुद प्रतियोगिताको कलेजका उपप्राचार्य रत्नशोभा प्रजापतिले शुक्रबार कलेजको खेल मैदानमा उद्घाटन गर्नुभयो । एथ्लेटिक्सका राष्ट्रिय निर्णायक राधेश्याम कवांलाई खेल सामग्री हस्तान्तरण भएको सो कार्यक्रममा कलेजका उपप्राचार्य रत्नशोभा प्रजापतिले खेल मित्रता, अनुशासनमा बसेर खेल्नुपर्ने बताउनुभयो ।
उहाँले विद्यार्थीहरूको प्रतिभालाई प्रस्फुटन गर्न, विद्यार्थीहरूलाई अनुशासित र इमानदार व्यक्ति तयार गर्न कलेजले नियमितरूपमा विभिन्न अतिरिक्त कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको प्रथम राष्ट्रव्यापी भलिबल प्रतियोगितामा यस कलेजका छात्र विद्यार्थीहरूले दोस्रो स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
प्रतियोगिता हार र जीतको लागि नभई एक आपसमा सद्भाव र मित्रताको लागि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कलेजको क्उयचतक अष्चअभि का संयोजक अनिश कैतिको सभापतित्वमा कायक्रम भएको थियो ।
शुक्रबार रिले दौड, सतपुट खेल समापन भयो भने शनिबार बास्केटबलको प्रतियोगिता हुने खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकलाले जानकारी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *