भर्खरै :

प्राकृतिक क्षतिबाट सचेत होऔँ !

वर्षात्को समय सुरु भएको छ । गत वर्षभन्दा अधिक वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन् । खोला किनार र पहिरोको जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सतर्क रहन आह्वान गरिएको छ । गत वर्ष वार्षिक १३७ मिलिलिटर वर्षा भएको थियो भने यस वर्ष १४७–१५७ मि.लि.सम्म वर्षा हुने मौसम विभागले अनुमान गरेको छ । यस वर्षको वर्षात्को प्रभाव गत बुद्ध जयन्तीको एकै दिन पनौतीमा परेको अविरल वर्षाले देखाइसकेको छ । गत वर्ष जेठ अवधिभरमा पनौतीमा ३६ मिलि पानी परेको थियो भने यसपालि एकैदिन ६ घण्टामा ४६ मिलि वर्षा भई मानवीय क्षति भयो ।
भक्तपुर नगरपालिकामा रहेका खासाङखुसुङ खोला र हनुमन्ते खोलाले पनि गत वर्ष देको मिबा इतापाके जग्गा एकीकरण आयोजनाले बनाएका पर्खालमा क्षति पु¥याएको थियो । चाँनपातिरका धेरै धानबालीमा क्षति पुगेको थियो । यस वर्ष हनुमन्ते खोला सुधार कार्यक्रमअन्तर्गत सल्लाघारीदेखि खोलाको माटो निकाल्ने काम भइरहेको छ । वर्षाले खोलाको धार बदल्ने र डुवान पर्ने देखिन्छ । खासाङखुसुङ खोलाअन्तर्गत कासनघाटदेखि सल्लाघारी सखाल पुलसम्म खोला साँगुरो छ । त्यसमाथि खोलाको सिमाङ्कन नगरी उत्तरतर्फ पर्खाल लगाउने काम भइरहेको छ । त्यसैगरी, खोलाको दायाँबायाँका बगरमा रहेका रुखहरू ढलेर ठाउँ–ठाउँमा खोला थुनिएर प्राकृतिकरूपमा पानी बग्न अवरोध भई दायाँबायाँ डुवान हुने सम्भावना छ । खोला किनारका स्थानीय मानिसहरूले स्थानीय तहका पदाधिकारीहरू र देको मिवा इतापाके जग्गा एकीकरण आयोजनामा मौखिक जानकारी गराउँदा कहिले डोजरको अभाव त कहिले डोजरको भुक्तानी दिन अप्ठ्यारो भएको बताउँदै आएको छ । स–साना कामको निम्ति पनि विभिन्न बहानामा प्राकृतिक विपत्तिबाट मानवीय क्षति भएमा स्थानीय तह दोषी हुन्छ कि आयोजना कार्यालय दोषी हुन्छ ? समयमै सचेत भई क्षति न्यूनीकरणतर्फ ध्यान दिनु जरुरी छ ।
– खोला किनारका जनता

Leave a Reply

Your email address will not be published. Required fields are marked *