भर्खरै :

सिद्धि गणेशमा अनिवार्य शिक्षा शिविर

सिद्धि गणेशमा अनिवार्य शिक्षा शिविर

भक्तपुर, १७ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को शिक्षा उपसमितिको आयोजनामा संस्थाका नव आगन्तुक सदस्यहरूलाई संस्था एवं सहकारीतासम्बन्धी शिक्षा दिने उद्देश्यले अनिवार्य शिक्षा शिविर सिद्धि गणेश तालिम हल, खँचामा सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले सिद्धि गणेश साकोस विगत ३१ वर्षदेखि विना कुनै समस्या निरन्तर समुदाय र सदस्यको हितको लागि कार्य गर्न सफल भएको बताउनुभयो ।
उहाँले सदस्यहरूलाई सहकारी सम्बन्धी चेतना र शिक्षा दिने उद्देश्यले संस्थाबाट शिक्षा शिविर, ऋण अन्तरक्रिया, बचत अन्तरक्रियालगायत विभिन्न ज्ञानमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै सहकारी संस्थालाई एक विद्यालयको रुपमा लिन सकिने विचार व्यक्त गर्नुभयो  ।
कार्यक्रमका सभापति, संस्थाका सचिव एवं उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुले सिद्धि गणेश साकोस आफ्ना सदस्यहरूसँग आत्मीय सम्बन्ध कायम गर्दै सदस्य एवं समुदायको आर्थिक विकासको लागि निरन्तर कार्यरत रहेको बताउनुभयो ।
उहाँले समस्यामा परेका सहकारी संस्थाले विभिन्न प्रलोभन देखाई सदस्यहरूको बचत अपचलन गर्ने हुँदा ती सहकारी संस्थाबाट सदस्यहरूलाई बच्न सचेत गर्नुभयो ।
संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थामा उपलब्ध सेवा सुविधाहरूबारे चर्चा गर्दै सिद्धि गणेश साकोसको मुख्य उद्देश्य संस्थाका सदस्यहरूलाई बचत सेवा तथा ऋण सुविधा प्रदान गर्नु हो भन्नुभयो ।
कार्यक्रममा उपसमितिका सचिव किरण बनमाला र सदस्य रामहरि तम्राकारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *