भर्खरै :

खबरदार जातिवादी यहुदी

  • जेष्ठ २४, २०८२
  • सत्यराम कासिछ्वा
  • साहित्य
खबरदार जातिवादी यहुदी

जर्मनका हिटलरद्वारा लखेटिएका तिमी यहुदी
शरणार्थी जीवनमा साम्राज्यवाद दिएको त्यो भूमि
गाँस, बास र कपासका लागि शरणको सहयोगी हात
आज त्यहीँ मनकारी प्यालेस्टिनमाथि किन बज्रपात ?
जर्मन हिटलरले धुजाधुजा पारेको तिम्रो त्यो जिन्दगी
सहजीकरणको सहयोगी हात बन्यो प्यालेस्टिनी
प्यालेस्टिनीको सहनशीलता जन्मेको इजरायल
आज तिनैको जीवनमा किन हानिन्छ मिसाइल ?
आफ्नो अस्तित्व हराएको अवस्थामा शरण नदिएको भए
संसारमै बिलाउने थियो तिम्रो त्यो जातीय यहुदी सम्प्रदाय
साम्राज्यवादीको हतियार बोकेर विश्वमा नफैलाउनु तिमी आतङ्क
विश्व समुदाय तिमीविरुद्ध उठे केही सीप लाग्दैन तिम्रो त्यो अङ्क ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *