भर्खरै :

आमाको दूध

एकदिन नेपाली वीर योद्धाहरू भीमसेन थापा, भक्ति थापा र बलभद्र कुँवर ऐतिहासिक एवं सांस्कृतिक नगर भक्तपुर घुम्न आए । भक्तपुर दरबार क्षेत्रमा पुगेपछि यहाँको सम्पदा नियाल्दै गौरवको अनुभूति गर्दै भीमसेन थापाले भने, “वास्तविक आमाको दूध खाएका भनेका भक्तपुरका जनता अनि यहाँका जनप्रतिनिधिहरू नै रहेछन् । उनीहरूले ०७२ सालको विनाशकारी भूकम्पले भत्काएका सबै सम्पदाहरू पुरानै शैलीमा बनाए । अनि यहाँका जनता र जनप्रतिनिधिहरू देशको रक्षार्थ लडिरहेका छन् – भारतले नेपाली भूमि मिच्दा, हस्तक्षेप गर्दा होस् वा एमसीसी पास गर्दा होस् । के गर्नु हाम्रो पालामा हामीले स्वाभिमानपूर्वक बनाएको काठमाडौँको प्रसिद्ध धरहरा नेपाल आमाको होइन विदेशीको दूध र नुन खाएका मान्छेहरूले त्यसको ठाउँमा कङ्क्रिटको टावर बनाइदिए । जनप्रतिनिधिलाई देशको कुनै मतलब हुँदैन । उनीहरूलाई खाली पैसा, सुविधा भए पुग्यो । भक्तपुरका जनताले जस्तो आफ्नै खुट्टामा उभेर होइन उनीहरूले विदेशीको वैशाखीमा टेकेर सम्पदा बनाउँदै छन् ।
भीमको विचारलाई समर्थन गर्दै भक्ति थापाले भने, “हामीले विदेशी सेनासँग वीरतापूर्वक लडेर नेपाल बचायौँ । नेपाली भूमिको रक्षा ग¥यौँ । अनि हामीले देशको लागि लड्दा लड्दै वीरगति प्राप्त ग¥यौँ । त्यसैले देशभक्त जनताले हामीलाई सम्मान गरिरहेका छन् । तर, हाम्रो भावनाविपरीत भारतले नेपाली भूमि मिचेको मिचै छ । शासकहरू बुँख्याचाजस्तो टुलुटुलु हेरेर बसेका छन् । बरु हाम्रा सिमानाका देशभक्त नेपाली जनता लडिरहेका छन् । म उनीहरूलाई धन्यवाद दिन्छु ।”
भक्तिको कुरालाई सम्मान गर्दै बलभद्रले भने, “हामी नेपाल आमाका दूध खाएका योद्धाहरूले विदेशीसँग लडेर देशको रक्षा ग¥यौँ, जोगायौँ । हाम्रा नेपाली सेनाले हाम्रो बाटो नपछ्याइएला भन्ने हामीलाई चिन्ता छ । अहिले सत्तामा विदेशीका नुन, दूध खाएका शासकहरू मात्र आएका छन् । हाम्रा नेपाली सेना र जनता सचेत हुनु आवश्यक छ । केही दिनअघि छिमेकी भारत र पाकिस्तानबिच पहलगाममा विदेशीको उक्साहटमा हुन लागेको लडाइँ रोक्दा भने मलाई खुसी लागेको छ । भारतले गोर्खाली सेनाका नाउँमा भर्ती गरेको पचासौँ हजार नेपाली युवाहरूलाई लडाइँमा बलिदिने थिए । भारतमा गोरखा सैनिकमा भर्ती भई अवकाश प्राप्त नेपालीले यदि लडार्इँ भयो, भारतले बोलायो भने नेपालको लागि होइन विदेशीकै लागि ज्यान फालेर लड्न जान्छु र लडाइँमा मर्न तयार छु भनेको कुरा सुन्दा दुःख लाग्यो । हाम्रा करोडौँ नेपाली युवाहरूलाई शासकहरुले हाम्रो देश बनाउन होइन विदेश जान बाध्य पारे । देशभक्त जनताले यसलाई बन्द गर्नुप¥यो भनेर सरकारलाई सचेत गराइरहेका छन् तर, सुनेको छैन । यसको दोषी भनेको अहिलेको सरकार नै हो । त्यसैले हामीले देशभक्त नेपाली जनतालाई यसको विरुद्ध निरन्तर लडिरहनु भनेर आहवान गरिरहनुपर्छ । लौ भीम, भक्ति आजलाई पुग्यो । अब अर्को पाली ललितपुरको दरबार क्षेत्रमा भेटौँ भन्दै तीनैजना वीर योद्धाहरू स्वर्गमै फर्के ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *