भर्खरै :

प्रतिनिधिसभाको बैठक अवरोध : अनेक चर्चा

प्रतिनिधिसभाको बैठक अवरोध : अनेक चर्चा

काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको बैठक अपराह्न ३ बजे बस्ने कार्यसूची थियो । बैठक अपराह्न ३ः३० बजे सुरु भयो । माओवादी, रास्वपा, राप्रपा, एसका सांसदहरू आ–आफ्नो स्थानमा उभेर बैठक अवरोध गरे । सभामुख देवराज घिमिरेले बैठक जेठ २८ गते अपराह्न १ बजेको निम्ति स्थगित गरे ।
माओवादीले भिजिट भिसाबारे छानबिन समिति गठन हुने भए गृहमन्त्री रमेश लेखकले राजीनामा नमाग्ने सत्ता पक्षसँग सहमति गरेको सार्वजनिक भएको हो । तर, सत्ता पक्ष छानबिन समिति गठन गर्न तयार भएन । रास्वपाले गृहमन्त्री लेखकको राजीनामा आउनुपर्ने अडान नछोडेको बतायो ।
यही बिचमा संसद् परिसर बानेश्वरमा नेका र माओवादी मिलेर सरकार गठन हुने चर्चा चल्यो भने पछि एमाले र माओवादी मिलेर सरकार गठन हुने चर्चा पनि चल्यो । तेस्रो चर्चा चल्यो, यति बेला भारत नेपालको सरकार बदल्ने पक्षमा छैन ।
केहीले जेठ २८ गते संवैधानिक आयोगका पदाधिकारीहरू नियुक्तिबारे सर्वाेच्च अदालतमा विचाराधीन मुद्दा छिनोफानो भएपछि तस्बिर स्पष्ट हुने बताए । संवैधानिक परिषद्मा प्रम केपी ओली र सभामुख एकातिर, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता दाहाल अर्काेतिर भएको पनि चर्चा चल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *