जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, २८ जेठ । भक्तपुर नगरपालिकाले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि बुधबार महिलाहरूसँग राय सुझाव सङ्कलन ग¥यो ।
कार्यक्रममा भनपाका नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यापक जनतालाई फाइदा हुने विषयलाई प्राथमिकतामा राखी योजना अगाडि बढाउँदै आएको बताउनुभयो ।
नगरवासीहरूबाट प्राप्त सुझावलाई प्राथमिकताको आधारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाई बजेट विनियोजन गर्ने बताउँदै उहाँले जनताको साथ र सहयोगले नगरको विकास अगाडि बढेको प्रस्ट पार्नुभयो ।
महिलाहरूलाई सचेत र सङ्गठित बनाउन सके समाज नै अगाडि बढ्ने बताउँदै उहाँले नपाले विभिन्न महिलाकेन्द्रित सीपमूलक तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले महिलाहरू शिक्षित भए पूरै परिवार र समाज नै अगाडि बढ्ने हुँदा महिलाहरूलाई सामाजिक गतिविधिमार्फत अगाडि बढाउनुपर्ने बताउनुभयो ।
भेलामा महिला प्रतिनिधिहरूले सबै वडामा ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी आदर निकेतन सञ्चालन गर्नुपर्ने, अपाङ्गता भएकाहरूलाई सहायक सामग्री वितरण गर्नुपर्ने, स्वास्थ्य स्वयम्सेविकाहरू सुत्केरी भेट गर्न जाँदा न्यानो कपडा वितरणको व्यवस्था गर्नुपर्ने, महिला व्यवसायीहरूलाई सहुलियत कर्जा र स्वरोजगार कार्यक्रमहरू ल्याउनुपर्ने, पाइल्स–फिस्टुला–फिसरलगायतका विषयमा पनि स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्ने, ख्वप अस्पतालमा न्युरो सेवाको उपचार सेवा समयावधि वृद्धि गर्नुपर्ने, नगरका पेटीहरू हिँड्न लायक बनाउनुपर्ने, कवाडी नियन्त्रण, दरबन्दी शिक्षकको तलब निकासा समयमै गर्नुपर्ने, खोलाको दायाँबायाँ रिटेनिङ वाल निर्माण गर्नुपर्ने, भोलाछेँ पोखरीलाई पौडी पोखरीको रूपमा विकास गर्नुपर्ने, भगवतीस्थानस्थित स्वास्थ्य केन्द्रमा सेवाहरू थप गर्नुपर्ने, कानुनी साक्षरता कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, नगर बस सञ्चालन गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए ।
कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभयो ।
Leave a Reply