वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
भक्तपुर, ३० जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसूति सेवा थप सहजताको लागि यही असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयन हुने भएको छ ।
ख्वप अस्पतालमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ख्वप अस्पतालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ प्रभावकारी रूपमा सञ्चालन गर्न प्रेरित गर्दै यो कार्यक्रम ख्वप अस्पतालमा लागु भएपछि धेरै सुत्केरी महिलाहरू लाभान्वित हुने र शिशुको मृत्यु दर पनि कम हुने विश्वास व्यक्त गर्नुभयो ।
महिलाहरूको समस्या समाधानको लागि भक्तपुर नगरपालिकाले शिशुस्याहार केन्द्र सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले नगरका सबै वडामा शिशुस्याहार केन्द्र सञ्चालन गर्न नगरपालिकाले जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरका विद्यालयहरूमा डाक्टरसहितको स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने स्पष्ट पार्दै उहाँले विद्यालय तहदेखि स्वास्थ्यमा सचेत पार्न सके भविष्यमा हुन सक्ने जोखिमहरू कम हुने बताउनुभयो । विद्यार्थीहरूमा सेवा गर्ने भावनाको विकास विद्यालय तहदेखि नै सिकाउनुपर्ने विषयमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाबाट स्वीकृत आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम ख्वप अस्पतालबाट असार १ गतेबाट कार्यान्वयन हुने जानकारी गराउनुभयो ।
प्रमुख प्रजापतिले ख्वप अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा सेवा सञ्चालन प्रभावकारी ढङ्गले अगाडि बढाइने उल्लेख गर्दै भक्तपुर नगरपालिकाले आगामी आ.व.देखि ख्वप अस्पतालमा सीटी स्क्यानको सेवा सुरु गर्न खरिदको प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो ।
युवा जनशक्ति बिदेसिएसँगै राज्यको खरबौँ रकम पनि बिदेसिरहेको उल्लेख गर्दै उहाँले राज्यको विदेशनिर्भर अर्थनीतिले देशलाई कहिल्यै पनि आत्मनिर्भर बनाउन नदिने बताउनुभयो ।
ख्वप अस्पतालले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिरहेको स्पष्ट पार्दै उहाँले बढ्दो महँगीका कारण गरिबले निजी अस्पतालमा उपचार गराउनै नसक्ने हुँदा सरकारी स्वास्थ्य सेवालाई नै सस्तो र गुणस्तरीय बनाउने उद्देश्यले सेवाहरू विस्तार गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिक्षा, स्वास्थ्यमा जोड दिँदै आएको बताउँदै आमा र नवजात शिशुलाई नजिकबाट स्वास्थ्य सेवा
उपलब्ध गराउने माध्यमको रूपमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले २०८० जेठको पहिलो साताबाट ख्वप अस्पतालले प्रसूति सेवा सञ्चालनमा ल्याएको उल्लेख गर्दै उहाँले ख्वप अस्पतालबाट ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ सञ्चालनमा आएसँगै गर्भवती महिलाले सुत्केरी महिलाको सामान्य उपचारदेखि लिएर गम्भीर प्रकृतिको उपचार निःशुल्क पाउने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक डा. रत्नसुन्दर लासिवाले नेपाल सरकारको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ को उद्देश्यमाथि प्रस्ट पार्नुभएको थियो ।
Leave a Reply