साहित्य : माक्र्सवादी दृष्टिकोण
- कार्तिक १७, २०८२

जब
घर उजाडिन्छ
बार उजाडिन्छ आशा भरोशाको
दरबार उजाडिन्छ
जिउनुमा पनि मृत्यु भेटिन्छ
मायाको फूलबारीमा सत्य रेटिन्छ
तब
एउटा मान्छे बौलाउँछ ।
जब
एउटा मान्छे बौलाउँछ
इँटालाई बन्दुक
ढुङ्गालाइ बम ठान्छ
अथवा
बन्दुकलाई इँटा
बमलाइ ढुङ्गाभन्दा कम ठान्छ
जेल जान्छ
जेललाई घर सम्झन्छ
नेललाई बार सम्झन्छ
आफूमाथि वर्षेका चोटका
चट्याङ आवाजलाई
अनौठो आनन्दित झङ्कार सम्झन्छ ।
तिनै चोटका झङ्कारहरूले
ऊ सधँैको लागि निदाउँछ
बेग्लै बेग्लै अन्धकार छाउँछ
अन्धकारले
भोलिको लागि
सुनौलो बिहान जन्माउँछ ।
जब एउटा मान्छे बौलाउँछ ।
Leave a Reply