नगर प्रमुख प्रजापतिसहितको टोलीलाई धनुषाको नगराइन नपा प्रमुख विनयकुमार यादवद्वारा स्वागत
- कार्तिक १९, २०८२

भक्तपुर, ३० जेठ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला सङ्घले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमूल्य हीरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गर, सुनको भन्सार ६ प्रतिशत कायम गर, सुन–चाँदीको कारोबारको लागि प्रस्ट नीति नियमावली निर्माण गर भन्ने माग राखी प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका छन् ।
भक्तपुर सुनचाँदी व्यवसायी सङ्घले सुनचाँदी व्यवसायमा थपिएको अनावश्यक करमा गम्भीर आपत्ति जनाउँदै प्रजिअसमक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।
व्यवसायी सङ्घका कार्यवाहक अध्यक्ष पद्मसुन्दर शाक्यको हस्ताक्षर रहेको सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, “नेपाल सरकारबाट आर्थिक वर्ष २०८२/८३ को लागि प्रस्तुत गरिएको सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थरलाई विलासिता वस्तुको रूपमा जोडेर थप असहज व्यवस्था गरिएको हुनाले सुन, चाँदी, हिरा तथा बहुमूल्य पत्थर व्यवसायीदेखि आम उपभोक्तासम्मलाई थप करको मार पर्ने भएको हुनाले विलासी कर २ प्रतिशत र बहुमूल्य रत्न पत्थर गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लागु गर्ने निर्णय कुनै पनि हालतमा सान्दर्भिक नभएको महसुस भएको छ ।
नेपाल आर्थिक मन्दीको चपेटामा परेको समय सबै व्यवसाय धरासायी भइरहेको र नेपाली जनताको आयस्तरभन्दा धेरै माथि सुनको भाउ बढेको अवस्थामा थप कर लगाउने कुनै पनि हालतमा स्वीकार्य हुनेछैन ।”
ध्यानाकर्षण पत्र बुझाउनु अघि सुन–चाँदी व्यवसायीहरूले ठाउँ–ठाउँमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा लाय्कु दरबारमा सुन–चाँदी व्यवसायी महासङ्घका सल्लाहकार शाक्यन शाक्यले जनताको आयस्तरभन्दा धेरै माथि सुनको भाउ बढेको अवस्थामा थप कर लगाउन कुनै हालतमा स्वीकार्य नभएको बताउनुभयो ।
Leave a Reply